मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी)ले अहिंसात्मक आन्दोलनबाट भारतलाई ब्रिटिस राज्यको दबदबाबाट स्वतन्त्र बनाए । जब उनले भारतीय जनतालाई ब्रिटिसको क्रूर शासनबाट स्वतन्त्र बनाए, तब उनको नाम विश्वभरि फैलियो । गान्धीलाई शान्तिको दूतका रूपमा पनि लिइन्छ । त्यसैले आदर्शवादी गान्धीबाट आजका मानिसले पनि धेरै कुरा सिक्न सक्छन् । यहाँ चर्चा गरिएको छ, उनका १० वाणीको, जुन सुन्दा सामान्य लाग्न सक्छ, तर यही कुरालाई अवलम्बन गर्दा मानिसको जीवनमा कायापलट आउन सक्छ :

हामी जस्तो सोच्छौँ, त्यही बन्छौँ

महात्मा गान्धीले भनेका छन् कि हामी जस्तो सोच्छौँ, त्यही बन्छौँ । हामीले तय गरेको लक्ष्य पुग्नुपूर्व नै असफलताबारे सोच्न थाल्यौँ भने साँच्चिकै हामी असफल नै हुन्छौँ । हामीसँग सकारात्मक र नकारात्मक दुवै गुण हुन्छन् । तर, हामीले नकारात्मक विचारलाई मनबाट हटाएर सकारात्मकलाई मात्र राख्न जरुरी हुन्छ ।

कहिल्यै पनि हार नमान्नु
भारतलाई स्वतन्त्र बनाउने दौरानमा गान्धीले कैयौँपटक जेलजीवन भोग्नुपर्‍यो । तर, उनले कहिल्यै पनि हार मानेनन् । लगातार स्वतन्त्र भारतको पक्षमा संघर्ष गरिरहे । उसै गरी हामी पनि लक्ष्यप्राप्तिका लागि संघर्ष गर्न थाक्नु हुँदैन ।

केलाई प्राथमिकता दिने ?
हरेक मान्छेले एउटा योजना र लक्ष्य बनाएको हुन्छ । तर, कहिलेकाहीँ मानिस लक्ष्यमै हराउन पुग्छ । किनभने, लक्ष्यको प्राथमिकतामा हामी चुकेका हुन्छौँ । त्यसैले हामीले हाम्रो प्राथमिकताबारे सोचेर अगाडि बढ्नुपर्दछ । हामीले अन्य विषयलाई भन्दा लक्ष्यलाई नै प्राथमिकता दिएर अगाडि बढ्नुपर्दछ ।

लक्ष्यको बाटो पनि लक्ष्यजस्तै सुन्दर हुन्छ

गान्धी एक नैतिकवान् मानिस थिए । उनले स्वतन्त्र भारतको आन्दोलनमा कहिल्यै पनि यस्तो कदम उठाएनन् कि जसले उनको अन्तरआत्मामा ठेस पुगोस् । त्यसैले त उनले भारतलाई ब्रिटिस शासनबाट मुक्त गर्नका लागि हिंसाको सहारा लिएनन् । त्यसरी नै हामीले पनि लक्ष्य प्राप्तिका लागि नैतिक बाटोलाई अवलम्बन गर्नुपर्दछ ।

कस्तो कुरामा सहमति ? 
कतिपय मानिसले अरूलाई नचिढ्याउनका निम्ति नकारात्मक कुरामा पनि सहमति जानाएका हुन्छन् । यस्तो आचरणले मन नपर्दानपर्दै पनि विभिन्न काम गरिरहेका हुन्छन् । गान्धी भन्छन् कि अरूलाई खुसी बनाउनका निम्ति कहिल्यै पनि नकारात्मक कुरामा सहमति जनाउनु हुँदैन । यदि यसो गरिएन भने मानिसमा आक्रोश र कुण्ठा भरिँदै जान्छ ।

अन्तरआत्माको आवाज

हामी पूरै जिन्दगीभर शान्ति प्राप्तिका लागि दौडिरहेका हुन्छौँ । तर, कसरी शान्ति प्राप्त हुन्छ भन्ने कुरामा भने त्यति ध्यान दिँदैनौँ । अरूका कुरा सुनेर निर्णय लिन्छौँ । यदि आफूमा शान्ति छाओस् भन्ने कामना गर्छौं भने अन्तरआत्माको आवाज सुन्न पनि जरुरी हुन्छ ।

सदभावले खुसी
आजको युगमा खुसी र सद्भाव दुर्लभ बन्दै गएको छ । तर, गान्धीले सधैँ भन्ने गर्थे कि सद्भावको विचारले साँच्चिकै हामीलाई खुसी दिलाउँछ ।

माफ गर्ने
मानिसले कसैलाई माफ गर्न जान्दैन, या कसैलाई माफ गर्नु भनेको कमजोर हुनु हो भन्ने ठान्छ । गान्धीले भनेका छन् कि माफ दिने मानिस नै महान् हो । अरूलाई माफी दिनुलाई उनले सफलताको निशानी ठानेका छन् । अरूलाई माफ गरेपछि स्वयं शान्तिपूर्वक बाँच्न सक्छ ।

शारीरिक कि मानसिक शक्ति ठूलो ?
बलियो शरीरभन्दा दिमागको शक्ति महत्वपूर्ण हुन्छ । गान्धी शारीरिक रूपमा बलिया थिएनन् । तर, उनको मानसिक र इच्छाशक्तिले ब्रिटिस राज्यलाई घुँडा टेक्न बाध्य बनाए ।

पहिला आफूलाई बदल्नुस्
गान्धीले भनेका छन् कि अरूको नकारात्मक प्रवृत्ति हामी निकै छिटो देख्छौँ । तर, आफ्नो बारेमा ख्याल नै राख्दैनौँ । उनका अनुसार सबै व्यक्ति अद्भूत र सुन्दर हुन्छन् । त्यसैले हामीले अरूलाई मद्दत गर्न जान्नुपर्दछ । हामी अरूलाई मद्दत गर्छौं भने हामीलाई पनि अरूले मद्दत गर्न थाल्छन् । त्यसैले, सबैमा प्रेम र दयाको भावना हुन जरुरी छ । यस्तो भावनाले जीवनमा अद्भूत परिवर्तन आउन थाल्छ, नयाँ पत्रिकाबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia