२ पौष, सप्तरी। सप्तरीको राजविराजमा आगामी पुस ७ र ८ गते  अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुनेभएकोछ । मैथिली साहित्य परिषद् राजविराजद्वारा आयोजना हुन लागेको सम्मेलनबारे मूल आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन । अन्तर्राष्ट्रिय मैथिली सम्मेलन मूल आयोजक समितिका संयोजक शुभचन्द्र झाले दिएको जानकारी अनुसार नेपालमा सबभन्दा बढी बोलिने दोस्रो भाषा मैथिलीको राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुव्यवस्थित रुपमा विस्तार गर्न, भाषाको संरक्षण–सम्वद्र्धन गर्न उचित वातावरणको निर्माण गर्न ‘अन्तर्राष्ट्रिय मैथिली सम्मेलन’ आयोजना गर्न लागिएको हो । सम्मेलन व्यवस्थापनकालागि रामभरोस कापडि, जितेन्द्र खड्गा, शैलेश कुमार चौधरी, करुणा झा, विष्णु कुमार मण्डल, प्रा अमरकान्त झा, देवेन्द्र मिश्र, अवधेश कुमार झा, विवेकानन्द मिश्र सम्मिलित सल्लाहकार समिति गठन गरिएको संयोजक झाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia