अमर काफ्ले
असोज २२ इनरुवा

DSC07371
लागु औषध दुर्व्यवसनी र त्यसको दीर्घकालिन असरका विषयमा विद्यार्थीहरुका लागि सचेतना कक्षा संचालनमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवा स्थित रहेको शारदा उच्च माविमा अध्ययनरत विद्यार्थीहरुका लागि सचेतना कक्षा संचालनमा ल्याएको हो ।प्रहरी नीरिक्षक धनप्रसाद सिवाकोटी, प्रहरी हवल्दार संजीवकुमार अधिकारी सहितको टोलीले उच्च माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लागु औषध दुर्व्यवसनी र त्यसले तिमत्याउन सक्ने सम्भावित परिणामका विषयमा जानकारी गराएका हुन् ।विद्यार्थीको बढ्दो उमेर सँगै देखा पर्न सक्ने सम्भावित अवस्थालाई मध्यनजर गर्दै सचेतना मूलक शिक्षा अभियान संचालनमा ल्याइएको नीरिक्षक सिवाकोटीले जानकारी दिनुभयो ।कार्यक्रममा ट्राफिक नियमको पालना, महिला हिंसा जस्ता विषयमा समेत विद्यार्थीहरुलाई जानकारी दिलाइएको थियो ।विद्यार्थीको सुनौलो भविष्य कुलतमा फँसेर अन्धकारमय नहोस र हिंसाको शिकार बन्न नपरोस भन्ने उद्येश्यका जिल्ला प्रहरी कार्यालय सुनसरीले केही महिनायता जिल्लामा सचेतना शिक्षा कक्षा संचालनमा ल्याउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia