फाइल फोटो
फाइल फोटो

मंसिर २२ महेन्द्रनगर । बेल्डाँडीमा झर्नासागर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले आम्दानी बढाउन वनमा माछा पालन गरेको छ । वनको ८ कट्टा जमिनमा पोखरी बनाएर माछापालन गरिएको छ । समूहका उपाध्यक्ष सकराम साउ“दले आम्दानी बढाउन माछा पालन थालिएको बताए । उनका अनुसार तीन वर्षदेखि माछ पालन गरिएको हो ।

एकै पोखरीबाट वार्षिक ४० हजार रुपियाँभन्दा बढी नाफा आर्जन हुने गरेको छ । समूहले वन क्षेत्रमा अर्को पोखरी समेत बनाउन थालेको छ । ‘राम्रो आम्दानी हुने भएकाले अर्को पोखरी निर्माण गर्न लागेका  छौ’ उनले भने । यसै वर्ष देखि नयाँ पोखरीमा माछापालन सुरु गरिने योजना बनाइएको छ । पोखरीमा मगुर, कमल, सिल्पा जातका माछाहरू पालिएका छन् ।

आम्दानीबाट कर्मचारीलाई तलब, वन संरक्षणमा बोट बिरुवा खरिद गरिने, वनको आन्तरिक कार्यमा खर्च हुने गरेको छ । माघदेखि माछा बिक्रि वितरण गरिने समूहले जनाएको छ । सामुदायिक बनले संरक्षण तथा सम्बद्र्धनका लागि  सामुदायिक बनले विगतका बर्षझै वृक्षारोपण गरेको छ । बगैना, सिसम, मालु, भडपते, गुल्लर, गिठो लगायतका विभिन्न जातका बोट बिरुवाहरू रोपिएका छन् । वन जोगाउन वस्ती नजिकका क्षेत्रमा तारबार गरिएको छ । तीन वर्ष अघि समुदायले व्यवस्थापन गर्दै आएको वन ७४ हेक्टरमा फैलिएको छ । समूहमा ८ सय ७६ घरधुरी उपभोक्ता छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia