मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन व्यवसायबाट यथेष्ट लाभ हुनसक्नेछ । उद्यमको प्रख्याति बढ्ने हुनाले कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा विजय मिल्ने तथा सफलता मिल्ने हुनाले आत्मबल यथेष्ट बृद्धि हुनेछ । आरोग्यता र कान्ति बृद्धि हुनेछ  भने मानसिक स्वास्थ्यमा दृढता पलाउनेछ । पेशागत विकास र सामाजिक क्षेत्रबाट पनि हैसियत अनुसारको प्रख्याति तथा प्रतिष्ठा लाभ गर्नसकिने देखिन्छ । आज तपाईले सूर्यनारायणको सेवाआराधना, हरियो रङ्ग एवं छ अंकको प्रयोग र विपक्षिको सम्मान गर्नुले हितप्रद हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन धेरै सकारात्मक मानिहाल्न अल्लि मिल्दैन तथापि बुद्धि पुर्याउनसके ज्ञानार्जनको क्षेत्रमा प्रगति गर्नसकिने छ तर विद्याको उन्माद बढ्ने हो कि भन्ने डर पनि देखिन्छ । जन्मकालमा प्रतिकूल ग्रह हुनेहरुलाई शीर तथा मस्तिष्कसम्बन्धी समस्या आउनसक्ने खतरा पनि देखिन्छ ।  विनापरिश्रमको धनार्जन गर्ने चेष्टाले परिणाम राम्रो नदिनसक्ने छ, ख्याल गर्नुपर्ला । फजुलका विषयमा चेष्टा दिँदा आफ्नो मुख्यकाम थाति रहनसक्ने सम्भावना छ । वस्तुपरिस्थिति बुझेर अघिबढ्नु र घमण्डललाई संयम गर्नु बुद्धिमानी हुनेछ । पाँच अङ्क, रातो रङ्गको प्रयोग र सूर्यनमस्कार योग गर्नु आज यहाँको लागि शुभप्रद हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन मनमा संकोचित विचार बढ्नाले सहकमीसँग विवाद हुनसक्ने कुरालाई ग्रहगोचरले लक्षित गरिरहेको हुनाले संयम रहन जरुरी हुनेछ । पारिवारिक कार्यभार बढ्नसक्ने कुरालाई नकार्न सकिन्न । अभावको विषयलाई लिएर पारिवारिक असन्तुष्टिको सामना गर्नपर्न पनि सक्नेछ । आज तपाईको पक्षमा अभिमत दिने समर्थकको अभाव खट्किन सक्ने भएकोले सम्बन्धित पक्षमा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाउनु होला । आज यहाँलाई चार अंक, सेतो रङ्गको प्रयोग फापकर हुनेछ भने भगवान सूर्यनारायणको दर्शनभक्ति र आमाको आर्शिवाद शुभकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन उत्साह–उमङ्गिलो एवम् उर्जाकर रहनेछ । शारीरिक पराक्रम तथा स्फुर्ति बढ्नाले कामकार्यमा निकै रुचि बढ्ने रपरिश्रमले गरिने कार्य पूर्ण गर्न सकिनेछ । स्वजनबाट सहयोग एवम् प्रशंसा तथा प्रोत्साहन मिल्ने देखिन्छ । पौरख देखाउन सकिने र सांसारिकप्रख्याति बढ्नेतथा विविधलाभ हुनेछ । व्यवसायिक उन्नति गर्नसकिने ग्रहयोग परेको छ, अहं नगरी कार्यमा लगनशील रहनाले तात्कालीन कार्य पूरा गर्नसकिने छ भने दीर्घकार्य अगाडि बढ्ने छन् । शत्रुमुकाविला तथा प्रतिस्पर्धामा विजय मिल्नेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन अनुकूल देखिएको छ । तथापि बोलीवचनको अपव्याख्या हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तरपनि धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । सम्भावित प्रतिकूलतालाई न्यूनिकरण गर्न आज यहाँले भगवान सूर्यनारायणको स्तुति उपाशना गर्नु शुभकर हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन अनुकूल परेको छ । दिन रमाइलो एवम् उमङ्गिलो र सौहार्दपूर्ण रहनेछ । कार्यक्षेत्रमा अनुकूल वातावरण बन्नेछ । हितैषी जनहरुसँगको भेटघाटले खुशी छाउनेछ । कामकार्यमा पनि व्यस्त हुन पाइनेछ । निमन्त्रणा तथा स्वागत सत्कारको मेजमानी एवम् उपहार आदि मिल्ने पनि सम्भावना रहेको छ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाट राम्रो फाइदा फाइदा उठाउन सक्नुहुनेछ । पद तथा जिम्मेवारी पनि थपिन सक्ने गोचरले संकेत गरिरहेको देखिन्छ । यहाँहरुको लागि आज एक अंक, रातो रङ्गको प्रयोग र इष्टदेवताको श्रद्धाभक्ति तथा सेवा उपयुक्त रहनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन बढीनै यत्न गर्दा थोरैमात्रामा सफलता मिल्ला । सञ्चित धनको खर्च गराउने ग्रहयोग परेको हुनाले ढुकुटीमा ह्रास आउनसक्ने छ ।सोँचविचार एवम् विवेक पनि विपरित हुनसक्ने सम्भावना छ, ख्याल पुर्याउनु पर्ला । हतारमा र विना जरुरी फजुलका कार्यमा चेष्टा नगरेकै राम्रो हुनेछ । अन्यथा क्षतिखति व्यहोर्न पर्ने तथा पश्चातापमा पर्न सकिने सम्भावनालाई पनि नकार्न सकिन्न । तीर्थ गमन वा मान्यजन दर्शनभेट आदि गरी खर्चको सदुपयोग गर्नु मनासिव होला । यहाँको लागि आज सूर्यदेवको आराधना गर्नु शुभकर हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग फापकर हुनेछ भने यहाँको आत्मबलमा ग्रहको दुष्प्रभावको कारण आइरहेको ह्रासलाई न्यूनिकरण गर्न सूर्यसाधना अर्थात सूर्यदेवको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन सकारात्मक रहेको छ । मानसम्मान बढ्ने तथा प्रतिष्ठाको बिकास हुनेछ । व्यापार तथा व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रमा पनि ग्रहले ठिकै भूमिका निर्वाह गरेको देखिएकोले यथोचित लाभ एवम् सफलता हातपार्न सकिनेछ । जिम्मेवारी थपिनसक्ने छ । जागिरेहरुको लागि पनि दिन सहज एवम् सन्तोषकर रहनेछ । समयको सदुपयोग गरे राम्रो फाइदा उठाउन सकिने छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ हुनेछ भने पितृसेवा हितकर हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन ईष्र्यालु तथा कमजोरी खोज्नेहरू सक्रिय देखिने सम्भावना भएकाले सावधानी अप्नाउन पर्नसक्ने छ । त्यस्तै मिथ्या आरोप आइलाग्नसक्ने सम्भावना भएकोले होसियारी जरुरी हुनेछ । शुरुशुरुमा भयत्रासको वातावरण सृजना भएपनि सकारात्मक सोँच तथा व्यवहारले परिणाम भने सुखद ल्याउन सकिनेछ प्रयत्न गर्नुहोला । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनुपर्ने सम्भावना पनि देखिएको छ । आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म बढ्ने तथा धर्मप्रभावले धनलाभ पनि हुने देखिन्छ ।  आज यहाँलाई नौ अंक, पहेलो तथा सेतो रङ्गको प्रयोग र भगवान सूर्यनारायणको स्तुति विशेष फलकारक हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा असर गर्नसक्ने छ । दीर्घरोगीले बढी ख्याल पुर्याउन जरुरी देखिन्छ । कार्यक्षेत्रमासंघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले होसियारी अप्नाउन जरुरी देखिन्छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्नसकिने छ । आहारविहारमा सजगता अप्नाउनाले स्वास्थ्यकष्ट हुनबाट बच्न सकिएला । आठ अंक, रातो रङ्ग आज यहाँको लागि उपयुक्त रहनेछ भने आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन सांसारिक सुख मिल्ने, सामाजिक मानमर्यादा बढ्ने र सेवा सत्कार पाइने छ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्न जानाले आजको दिन रमाइलो महसूस हुनेछ । प्रेम पारखीहरुको लागि दिन प्रेमप्रद रहनेछ । विवाह योग्य युवायुवतीको लागि उपयुक्त स्थानबाट विवाह प्रस्ताव आउनसक्ने सम्भावना छ । देश तथा विदेशको यात्राको संयोग पर्नसक्ने छ । व्यापार व्यवसायबाट लाभ र आफन्तजनको सहयोग मिल्ने छ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्ग अनुकूल रहने छ भने अर्धनारेश्वरको भक्तिआराधना गर्नु फापसिद्ध हुनसक्ने छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia