‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नजिकिदै गर्दा गुलाबको फूलको माग पनि बढ्दो छ र यस दिनलाई प्रेम जोडीले ‘रोमान्टिक’ बनाउँन चाहन्छन् । आफ्नो प्रेम व्यक्त गर्न रातो गुलाब वा अरु कुनै चीजको प्रयोग गर्छन् प्रेम जोडी । के तपाई पनि कोही विशेषलाई गुलाफको फुल दिन चाहनुहन्छ? चाहनुहुन्छ भने यस्तो नयाँ उपाय अपनाउनुहोस्, जसले तपाईप्रति माया र विश्वास बढ्ने छ ।

१. गुलाबको फूलको गुच्छा किन्नुहोस् – ताजा र गाढा ८,१० वटा गुलाबको फुल लिनुहोस्, जसले तपाईको मायालाई दर्शाउछ ।

२. कागजको टुक्रा लिनुहोस् – आकर्षक अक्षरमा कागजमा आफ्नै हातले लेख्नुहोस्, ‘जबसम्म यो फुल ओइलाउँदैन त्यतिबेलासम्म म माया गरिरहेनछु तिमीलाई…’ । लेख्नुभएको कागज सानो र चिठीको आकारमा ढाल्नुहोस् ।

३ं. जम्मा पार्नुहोस् फूललाई – सबै गुलाबको फूललाई जम्मा पार्नुहोस् । एउटा नक्कली वा प्लास्टिकको गुलाबको फूल बिचमा राखेर रातो रिबनले बाध्नुहोस् । लेखिएको नोट(चिट)लाई रातो रिबन वा फूलको बीचमा सिउरिनुहोस्, ताकि स्पष्ट देख्न सकियोस् । लाेकान्तरबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia