भारतीय नाकाबन्दीका कारण इन्धनको संकट गहिरिएका बेला धेरै गृहणीहरु ग्यासको खपत कम गर्ने उपायहरुको खोजीमा लागेका छन् । gas-400x400धेरै काठमाडौंबासीको चुल्होमा ग्यास सकिइसकेको छ भने केहीले जसोतसो पुर्‍याइरहेका छन् । धेरैको टेन्सन छ-ग्यासको खपत कसरी कम गर्ने ? उनीहरुलाई उपयोगी हुने १० प्रभावकारी उपायहरु यहाँ प्रस्तुत गरिएको छ ।

१. बर्नरमा राख्नुअघि भाँडाकुडालाई राम्रोसित पुछ्नुस । भाँडामा पानी लागेको भए त्यसलाई सुकाउन लाग्ने अतिरिक्त ग्यासको वचत हुन्छ । भाँडा बसाल्नुअघि नै पकाउन आवश्यक सामग्रीहरु वरिपरी राख्नुस । ग्यास बालेपछि नून-तेल खोज्न अल्मलिनु हुँदैन । फ्रिजमा रहेका तरकारीहरु अगाडी नै बाहिर निकालेर राख्नुपर्छ । तरकारी धेरै चिसो भयो भने तात्न समय लाग्छ ।

३. बसालेको खानेकुरा तातिसकेपछि ग्यासको बर्नरलाई मिडियम वा स्लो मोडमा राखेर पकाउनु ठिक हुन्छ । ह्वार्र ग्यास बाल्दैमा चाँडो पाक्ने होइन, ग्यास खेर मात्रै जान्छ । सानो ग्यासमा पकाएका खानेकुरा राम्रोसित पाक्ने र स्वाद पनि मिठो हुन्छ ।

४. ग्यास वचन गर्नका लागि खुल्ला मुख भएका भाँडोमा सकभर नपकाउनु राम्रो हुन्छ । बिर्को भएका भाँडामा पकाउँदा ताप खेर जाँदैन । त्यसैले संभव भएसम्म कराईमा भन्दा प्रेसर कुकरमा पकाउनु राम्रो हो । अर्को महत्वपूर्ण कुरा, भाँडा धेरै सानो हुनुहुँदैन । आगोको लप्का भाँडाभन्दा बाहिर गयो भने ग्यास खेर जान्छ ।

५. दाल-तरकारी पकाउँदा पहिल्यै धेरै पानी हाल्नु हुँदैन । पानी धेरै हाल्दा खानेकुरा पाक्न समय लाग्छ । पाकिसकेपछि आवश्यक परिमाणमा पानी तताएर मिसाउँदा ग्यास वचत हुन्छ । बिद्युतीय यन्त्र वा सोलारबाट तताएको पानी प्रयोग गर्नु राम्रो ।

६. विद्यूतीय सामग्रीहरुको बढिभन्दा बढि प्रयोग गर्नुपर्छ । पानी उमाल्ने काममा सकभर ग्यास प्रयोग नगरौं । राइस कुकरमा भात पकाउनुभयो भने ग्यासै चाहिदैन । प्रेसर कुकरमा नै पकाउने हो भने पनि विद्युतीय उपरकणमा पानी उमालेर प्रयोग गर्न सकिन्छ । राइसकुकरमा भातमात्र हैन, धेरै कुरा पकाउन सकिन्छ ।

७. खाना पकाइसकेपछि रेगुलेटर बन्द गर्नुपर्छ । रेगुलेटर, पाइप, बर्नरहरुलाई नियमित रुपमा सफा गर्ने र लिक भए नभएको चेक गर्ने गर्नुपर्छ ।

९. घरमा फ्रिज छ भने तपाईंले ग्यासको खपत धेरै कम गर्न सक्नुहुन्छ । एकैपटक धेरै परिमाणमा तरकारी पकाएर फ्रिजमा राखिदियो भने अर्को पटक त्यसैलाई तताएर खान सकिन्छ । घरमा भएको बिद्युतीय माइक्रोओभनबाटै धेरै खानेकुरा तताउन सकिन्छ ।

१०. आगोको ज्वाला सामान्यतया रंगहिन वा निलो रंगको हुनुपर्छ । यदी ज्वाला पहेँलो छ भने ग्यासले राम्रोसित आगो र तापक्रम पैदा गर्न नसकेको ठहरिन्छ । त्यस्तो बेला जान्ने मान्छेलाई देखाउनु आवश्यक छ ।

११. माटोको भाँडोमा भन्दा धातु (जस्तै स्टेनलेस स्टिल)को भाँडोमा चाँडै खानेकुरा पाक्छ किनकी धातुहरुमा तापको तीव्र प्रसार हुन्छ । त्यसैले सकभर धातुकै भाँडामा पकाउनु आवश्यक छ ।

१२. सामान्यतया नेपालीहरुले दाल, भात, तरकारी र अचार खाने चलन छ । उर्जा कम भएका बेला भान्सामा यी सवै खानेकुरा पकाउनुको साटो कुनै एउटा परिकार कम गर्नु बुद्धिमानी हुन्छ । इन्धनको प्रयोग नहुने अचार र दाल वा तरकारीमा झोल हाल्ने बिधि पनि उपयुक्त हुन्छ ।

सानो परिवार छ भने, राइस कुकरमा भात पकाउने बेलामै आलु वा अण्डा हालेर उसिन्न पनि सकिन्छ । चामल र दाल एकैसाथ पकाउने विधि पनि उपयुक्त हुनसक्छ । पकाउन समय लाग्ने दालजन्य चिजलाई पहिले नै पानीमा भिजाएर राख्नुभयो भने छिटो पाक्छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia