इलाम, २३ असोज / भारतीय नाका हुँदै नेपाल प्रवेश गर्न लागेका एक युवालाई दुई थान कटुवा पेस्तोलसहित प्रहरीले इलामको जोगमाईबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको थुचम्बु–५ बस्ने २५ वर्षीय सञ्जीव लिम्बू रहेका छन् । उनलाई जौवारी प्रहरी चौकीको गस्ती टोलीले जोगमाई–३ स्थित डाँडागाउँबाट पक्राउ गरेको हो ।

चार जनाको समूहमा रहेका युवा भारतबाट नेपाल प्रवेश गर्दै गर्दा प्रहरीलाई देखेपछि झोला फ्याकेर भाग्ने क्रममा लिम्बू पक्राउ परेको र तीन जना फरार भएको प्रहरीले जनाएको छ ।

उनीहरुले फ्याकेको झोलाबाट एक थान चाइनिज पेस्तोल, दुई राउण्ड गोली, एक थान कटुवा पेस्तोलसहित एक राउण्ट गोली तथा प्रहरीको चुस्था र अन्य कागजपत्रसमेत फेला परेको इलामका प्रहरी नायब उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो । उक्त घटना जौवारी प्रहरी चौकीबाट साढे ५ किलोमिटर टाढा रहेकोे छ ।

साभार : पुर्वेली न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia