काठमाडौ। दक्षिणपूर्वी एसियामा पर्ने देश कम्बोडियामा ९७ प्रतिशत मानिसहरु बुद्ध धर्म मान्ने गर्छन् । यसका छिमेकी देशहरु थाईल्याण्ड,भियतनाम र लाओस समेत बुद्धिष्ट देशहरु हुन् । तर अचम्मको कुरा के – भने यत्रो जनसंख्याले बुद्ध धर्म मान्ने देश कम्बोडियामा १२ औँ शताब्दिमा बनेको विश्वको सबैभन्दा ठूलो हिन्दु मन्दिर रहेको छ । जहाँ हिन्दुहरुको भगवान बिष्णुको मुर्ति रहेको यो मन्दिर विश्वको सबैभन्दा ठूलो धार्मिक पर्यटकिय स्थल पनि हो ।

कम्बोडियाको अंगारकोटमा रहेको उक्त मन्दिरमा विभिन्न खास कुराहरु पनि छन् । ति खास कुरा मध्ये सबैभन्दा खास कुरा हो मन्दिरलाई घेरेर रहेको रुखहरु जसलाई ‘सिल्क कटन ट्रि’ भनिन्छ ।

यो रुखका जराहरुले मन्दिरको थुप्रै भागलाई अचम्म लाग्दो तरिकाले घेरेर राखेको छ।यो रुख विश्वमा अनौठो रुखहरुको सूचीमा पनि पर्छ । विशालकाय उक्त विष्णु मन्दिर र रुखहरुको अद्भुत मिलन हेर्न धेरै पर्यटकहरु उक्त स्थानमा पुग्ने गर्छन् । १२ बर्ष बनबास रहँदा राजा राम उक्त स्थानमा केहि दिन बसेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia