अस्ट्रेलिया । आफ्नै पार्टी कार्यालयमा काम गर्न एक युवतीसँगको प्रेम र उनीसँगको सम्बन्धपछि अस्ट्रेलियालीका उपप्रधानमन्त्री वार्नबी जोयस समस्यमा परेका छन्।

उपप्रधानमन्त्री जोयसको पार्टी कार्यालयी कर्मचारी भिक्की क्यापिनसँग प्रेमसम्बन्ध रहेको केही समयअघि सार्वजनिक भएको थियो।

स्थानीय पत्रपत्रिकाले क्यापिनमा उप्रधानमन्त्रीको गर्भ रहेको समाचार सार्वजनिक गरेपछि प्रधानमन्त्री माल्कम टर्नबुल र जोयसका सहकर्मीले पनि उनको कडा आलोचना गरेका थिए।

समाचार सार्वजनिक भएको केही समयपछि प्रधानमन्त्री टर्नबुलले कुनै पनि मन्त्रीहरुले आफुना कर्मचारीहरुसँग शारिरिक सम्बन्ध राख्न नपाउने बताएका थिए। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया