मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सौन्दर्यतामा धन खर्च हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बौद्धिक कार्यमा सफलता मिल्नेछ । व्यापार,व्यवसायमा लाभ हुनेछ । मान प्रतिष्ठामा बृद्धि होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महिला वर्ग बाट सहयोग मिल्नेछ । रोमाञ्चक यात्रा हुनेछ । व्यापार व्यवसायमा फाईदा होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) राजनैतिक कार्यमा बाधा आउनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कार्यमा सफलता पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक कार्यमा रुचि बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मन खिन्न हुने स्थिति आउनेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सरकारी निकाएको भय रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । बाहन सुख मिल्नेछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia