चर्चित भारतीय अभिनेत्री श्रीदेवी कपूरको मृत्यु दुर्घटनावश पानीमा डुबेर भएको दुबईमा गरिएको विधिविज्ञान परीक्षणमा देखिएको छ। यसअघि उनको मृत्युको कारण हृदयाघात भएको बताइएको थियो।

सपरिवार एउटा विवाह समारोहमा सहभागी हुन दुबई गएको बेला शनिवार उनको मृत्यु भएको हो। मृत्युको कारणसहितको विवरण दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय वाणिज्यदूतलाई उपलब्ध गराएको ‘गल्फ न्यूज’ले जनाएको छ। उक्त पत्रिकाका अनुसार श्रीदेवीको शव स्वदेश फर्काउन समय लाग्न सक्छ। उनको शवपरीक्षणको अन्तिम विवरण अझै आइसकेको छैन।बिबिसिको सहयोगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia