१४ फागुन, काठमाडौं। अमेरिकाले गरेको सिरियामाथि वर्वरता, बम बारुद आक्रमणको काठमाडौंमा विरोध गरिएको छ । विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी गुटा क्षेत्रमा विगत एक सातादेखि जारी हवाई आक्रमणका कारण अहिलेसम्म पाँच सय भन्दा बढी मानिको ज्यान गइसकेको छ । त्यसमा दुई सय जति बालबालिकाहरु रहेका छन् ।

पूर्वी गुटामा अन्धाधुन्ध बम बारुद बर्साइएको छ । कैयन बालबालिकाहरुको मृत्यु भइसकेको छ भने कैयन अंगभंग । बालमस्तिष्क नै आतंकित अवस्थामा छन् । यस्तो अवस्थामा बालबालिकाहरुको बाच्न पाउने अधिकारलाई खोसिएको भन्दौ काठमाडौंमा सिरिया हिंसाविरुद्ध प्रदर्शन गरिएको छ ।‘सेभ सिरिया, स्टप वार, मानवीय आतंकवाद बन्द गर, सिरिया नरसंहार बन्द गर लगायत व्यानर तथा पम्प्लेटहरु हातमा बोकेर यहाँ युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

तपाईको प्रतिक्रिया