- युजु खालिङ

Posted by Inaruwa Online on Monday, 26 February 2018

काठमाडौं, १४ फागुन । कठोर विद्रोहीहरुले कब्जा गरेको भूमि बाहिर सैनिक घेराबन्दी । छिनछिनमा वर्षिरहेने बमबारीको आतंक । र, शीरमाथि मडारिरहेको मृत्यु अनि त्यसबाट भाग्नका लागि शरीरभरी चोट लिएर सुरक्षित आश्रयस्थल खोज्दै वामे सरिरहेका बालबालिकाहरु । आफ्ना कोपिला सन्तानको सुख र मुक्तिका लागि पूर्वी गोटाका प्रत्येक आमाहरु अहिले मृत्युको कामना गर्छन् ।

Posted by Inaruwa Online on Monday, 26 February 2018

मृत्युभन्दा पनि अधिक पीडादायी र असह्य अवस्थामाबाट गुज्रिरहेको सिरियाको गोटामा हालसम्म १५० भन्दा धेरै कोपिलाहरुको जीवन फुल्न नपाउँदै चुढिसकेका छन् । बमबारीले र हवाई हमलाले ढलेका भवनका भग्नावशेषभित्र डरले काँप्दै, मृत्युबाट लुकेर बसिरहेका बालबालिकाहरु प्रत्येक क्षण सरकार र विद्रोहीको आतंकको निशानामा परिरहेका छन् ।

घेराबन्द गरेर बमबारी भैरहेको अवस्थामा जन्मिएका नवजात जुम्ल्याहा मोहम्मद र अमारको पहिलो रोदनको आवाजलाई शीरमाथि उडिरहेको सैन्य जहाजको र बमबारीको गर्जनले छेडिरहेको थियो । क्यान्सर पीडित उनीहरुको सुत्केरी आमा आफ्नो अन्तिम समयमा आफ्ना जुम्ल्याहा सन्तानहरुलाई युद्ध र भोकबाट बचाइदिन गुहार गरिरहेको एकजना सिरियाली अभियानकर्ताले बताएकी थिइन् ।

Posted by Inaruwa Online on Monday, 26 February 2018

समय अगावै जन्मिएका ती नवजात जुमल्याहाहरु गोटाको एउटै मात्र बाँकी रहेको इन्क्युबेटरमा थिए । अन्य अस्पतालहरु हमलाको निशानामा परेर ध्वस्त भैसकेको गोटा मेडिकल सेन्टरले बताएको थियो ।

त्यस्तै आफ्ना दुई अपाङ्ग सन्तानलाई भोकले तड्पिएको देखिरहेकी एकजना महिला पेटको शान्तिका लागि मृत्युको कामना गरिरहेकी थिइन् ।

उनी त एकजना प्रतिनिधि पात्र मात्र हुन् युद्धबाट बुवाआमा गुमाएका कति व्यावारिसे बालबालिकाहरु त्यहाँ भोक र गोलीको शिकार भैसकेका छन् । अनियन्त्रित हवाई हमलाहरुको बीच मृत्यु त्यहाँको दिनचर्या नै बनिसकेको छ ।

मानव संकटको चरम अवस्थामा पुगेको सिरियामा पढ्न, लेख्न र भविष्यको सुन्दर कल्पना गर्ने उमेरमा बालबालिकाहरु युद्धका निशस्त्र सिपाही झै अमानवीय ढंगले मारिइरहेका छन् । आत्म सुरक्षाको ज्ञान नभएका, निशस्त्र बालबालिकाहरु बिना कुनै गल्ति सरकारी फौजले र विद्रोहीको ब्यारेल र सेल्समा भुटिरहेका छन् ।

Posted by Inaruwa Online on Monday, 26 February 2018

चार लाखभन्दा धेरै फसिरहेको उक्त पूर्वी गोटा क्षेत्रमा बालबालिकासहित सबै नागरिकहरु खाद्य, ‌औषधी र मानवीय सहयोगका लागि आकुल व्याकुल छन् । तर लगातार युद्धका कारण बाहिरी दुनियाँबाट अलग्गिएका त्यहाँका सम्पूर्ण नागरिकहरु गोली खाँदै भोकले तड्पिदै मर्न बाध्य छन् ।

विगत् आठ वर्षदेखि चलिरहेको सिरियाली द्वन्द्वमा हालसम्म ३ लाख ४० हजारभन्दा धेरैले ज्यान गुमाइसकेको आँकडा छ । मान्छे मर्नु दिनचर्या बन्दा पनि विद्रोही र सरकारबीचको संघर्षले मानव संकटको परकाष्टलाई स्वीकार्न सकेको छैन । संयुक्त राष्ट्रसंघको युद्धविरामको आग्रहलाई लत्याएर नागरिककै हत्या गर्न उद्दत सिरियाली सरकारले अझैपनि मानव क्षतिको तथ्यांकलाई बढाउँदै लैजाने स्पष्ट देखिएको छ । आमाहरु मृत्युको कामना गरिरहेको र बालबालिकाहरु मृत्युको मुखबाट भाग्नलाई घिस्रिरहेको दृश्य सामान्य बन्दै गैरहेको अवस्था सिरियामा कायमै छ ।साझापोष्टको सहयोगमा

Posted by Inaruwa Online on Monday, 26 February 2018

 

Posted by Inaruwa Online on Monday, 26 February 2018

 

Posted by Inaruwa Online on Monday, 26 February 2018

 

तपाईको प्रतिक्रिया