मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन त्यति अनुकूल देखिएको छैन । अनायासै सहकर्मी तथा संसर्गीसँग मनमुटाव हुनसक्ने एवम् मनमा संकोचित विचार बढ्नसक्ने सम्भावना देखिएको छ ख्यालपुर्याउनु पर्ला । पारिवारिक जिम्मेवारीको भार थपिने र अभाव खट्कििनसक्ने देखिन्छ । केही आलोेचनाको सामना गर्नपर्ने पनि हुनसक्छ, सहनशक्ति बढाउने र सावधानी अप्नाउने गर्नु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाएर अघि बढेमा अल्लि बढी प्रयत्नले केही लाभ गर्न सकिएला । आज यहाँलाई चार अंक, सेतो रङ्ग शुभ हुनेछ भने आमाको आर्शिवाद हितकर हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन हुनलाई दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर परेको छ । तथापि उन्मादी हौंस्याहट बढ्नाले कम उपलब्धिले चित्तबुझाउन पर्ने सम्भावना देखिन्छ । सावधानि र लगनशीलतापूर्वक आफ्नो पेशालाई निरन्तरता दिएमा व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । स्वजनको सहयोग र प्रसंशा मिल्नेछ । तीन अङ्क, हरियो रङ्गको प्रयोगको साथमा विशेष काममा आउने कष्ट एवम् कठिनाइको निवृतिको लागि श्रमिक वर्गको हितमा काम गर्नु अथवा सहयोग पुर्याउनु र भैरवदेवको उपासना हितकर हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा कुनै विवाह आदि माङ्गलिक शुभकार्यको प्रसङ्ग चल्नसक्ने तथा नयाँ पारिवारिक सदस्य बढ्नसक्ने वा सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई राम्रो आर्थिक लाभ हुने तथा बैंकब्यालेन्स बढ्ने छ । परोपकार आदि समाजसेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोलीवचनले प्रभाव पार्न सकिनेछ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने र उत्साह बढ्ने दिन छ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग र भगवान लक्ष्मीनारायणको सेवा आराधना तथा श्रद्धाभक्ति शुभकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल हुँदाहुँदै पनि ग्रहको केही अवरोधको कारणले अपेक्षित उपलब्धि भेट्टाइहाल्न केही कठिनाई देखिएको छ । तथापि केहीहद्सम्म व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । अभिष्टकार्यमा सफलताको लागि गुरु बृहस्पतिका प्रतिमूर्ति विद्वान गुरुजनबाट आर्शिवाद लिनु वा खुशी पार्नु बुद्धिमानी हुनेछ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग शुभ रहनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत पनि अन्त्यमा परिणाम सुखद आउने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । व्यवहारिक औपचारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदि पक्षमा दानदातव्य, सहयोग गरेर खर्चको सदुपयोग गर्नु उचित हुनेछ । आज यहाँलाई कुनै मातृशक्तिको सहयोग मिल्नसक्ने छ । त्यस्तै ३ अंक र पहेंलो रङ्ग यहाँलाई आज शुभ हुनेछ भने परोपकारले सन्तोष दिनेछ । साथै आज यहाँको आत्मबलमा ग्रहको दुष्प्रभावको कारण आइरहेको ह्रासलाई न्यूनिकरण गर्न भगवान श्री हरिको स्तुति गर्नु शुभदायक हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन आयकर ग्रहगोचर परेको छ । पुरुषार्थ बृद्धि हुने, प्रसंशा मिल्ने र सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवम् उन्नति हुनेछ । विद्यार्थीहरु परीक्षामा उर्तिण भइने र हौसला मिल्ने छ । यात्रा हुनसक्ने सम्भावना पनि छ । नयाँ व्यक्तिसँग सुमधुरसम्बन्ध स्थापित हुनेछ । यो राशि हुनेहरुले आज विशेष महत्त्वपूर्ण काम सम्पादन गर्नसकिने छ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग तथा दीनदुखीको सेवा फापकर हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन उच्चकोटीको मानसम्मान प्राप्त हुनसक्ने खालको छ । व्यक्तित्त्वको विकास हुने सुअवसर मिल्ने हुनाले समयको बढीभन्दा बढी सदुपयोग गर्नुहोला । व्यापार व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रमा ग्रहले राम्रो बल दिएको छ तथापि मनकारक ग्रह चन्द्रमा माथि राहुकेतुको प्रभाव रहेकोले त्यसको उपाय अवलम्बन गर्नु बुद्धिमानी तथा फापकर हुनेछ । यहाँलाई आज एक अंक, रातो रङ्ग अनुकूल हुनेछ भने श्रमजिवी वर्गको हितार्थ योगदान गर्नाले अनिष्ट निवारणको लागि उचित हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्य सम्पादन हुने ग्रहगोचर परेको छ । केही दबाब वा दोषको सामना गर्न चाहीँ नपर्ला भन्न सकिन्न । तथापि सत्यमा रहने र साहस एवम् दृढता बढाउनाले सफाई एवम् सफलता मिल्ने देखिन्छ । यात्रायोजना एवम् नयाँ कार्यको चिन्तन तथा थालनीलाई गोचरले साथ दिइरहेको छ । पेशागत लाभ पनि हुने योग परेको हुनाले व्यापार व्यवसाय तथा पेशाको क्षेत्रबाट आर्थिक लाभ गर्नसकिने छ । नौ अंक पहेलो रंग र धार्मिकजनको आर्शिवाद लिनु यहाँको लागि आज उपयुक्त हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन सोँचेभन्दा बढी संघर्ष पर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ, हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । विभिन्न तनाब व्यहोर्न पर्नसक्ने कुरालाई गोचरले लक्षित गरिरहेको छ । आज यहाँले धन्वन्तरिनारायणको स्तुति गर्नु उपयुक्त हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन रमाइलो भएरै बित्नेछ । व्यवसायिक कामकार्य ठिकै रुपमा सुचारु हुनेछन् । व्यवहारिकता तथा औपचारिकता निभाउनु पर्ने वातावरण पनि बन्ने छ । दाम्पत्य एवं प्रेम जीवनमा समझदारी कायम गर्न सकिने छ । प्रेमाभिलाषीहरुको लागि पनि कुरो मिलन बिन्दुमा ल्याउन सकिनेछ । दैनिकी कामबाट लाभ र सन्तोषको प्राप्ति हुनेछ । आज तपाईको लागि मान्यजनको दर्शनभेट्, तीर्थयात्रा, भगवान श्रीहरिको श्रद्धाभक्ति तथा स्तुति उपयुक्त हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन पराक्रम बढ्ने रहेको छ । तथापि गन्तव्यचुम्न संघर्ष देखिएको छ, जस निवारणको लागि भैरवदेवलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । बाँकी गोचर स्थिति अनुकूल छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । आज यहाँलाई छ अंक, हरियो रङ्ग र भैरवदेवको भक्तिभाव फापकर हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अल्लि घमण्ड पनि बढ्ने होकि भन्ने सम्भावना छ । त्यसलाई संयम गर्नसकेको खण्डमा विद्या बुद्धि बढ्ने, ज्ञानीजनहरुसँग भेट्घाट हुने र मनमा पनि विद्वतताको विचार स्फुरण भइरहने छ । अध्यापक एवं प्रवचकहरुमा ज्ञानवृतिले मान्छेहरुलाई आकर्षण गर्ने शक्ति बढ्ने छ । सन्तानक्षेत्रबाट पनि सन्तोष मिल्नेछ । सैद्धान्तिक एवं नीतिगत क्षेत्रमा पनि प्रगति हुने र मान्छेहरुले तारिफ गर्ने छन् । साँझपछि आँटसाहस  आरोग्यता बढ्ने छ । अल्लि बढी ईच्छाएको काममा केही अड्चन आउनसक्ने छ । खेलकुद आदि प्रतिस्पर्धात्मक क्षेत्रमा अग्रता लिनसकिने छ । आज तपाईको लागि भैरवदेवको स्तुति फलदायक हुनेछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia