मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन अनुकूलै छ तथापि आफ्नै मनोआशक्तिको कारणले हुनपर्ने जति फाइदा लिन अल्लि गाह्रो देखिन्छ । आत्मप्रशंसाको चाहना तथा प्रमातको भावनाले तपाईँको कमजोरीको वास्तविकता उदाङ्गिन सक्नेछ ।  सैद्धान्तिक कट्टरताको पक्ष बलियो रहेपनि विद्वदताको फुर्ति र निरर्थक प्रयासमात्र हुनसक्ने सम्भावना छ । घमण्डले मानसिक पछुतो पर्नसक्ने छ, ख्याल पुर्याउनु होला । आज तपाईँलाई पाँच अङ्क, रातो रङ्गको उपयोग र भगवान भैरवदेवको सेवाआराधना गर्नु उपयुक्त हुनेछ । कुकुरलाई खुवाउनाले पनि ग्रहको दुस्प्रभाव निवारण हुनसकने छ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन केही सावधानी अप्नाउनु पर्ने देखिएको छ । अनायाशै वादविवाद तथा मनमुटावको सम्भावना देखिएकोले जनजीवन एवम् बोलीचालीको व्यवहारमा विचार पुर्याएर मात्रै काम गर्नुपर्ला । केही पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटेताकेको काममा विलम्ब हुने तथा अनर्थजन्य लक्षणहरु प्रतित हुनसक्ने ग्रहगोचरीय अवस्था देखिएकोले संयम गर्न जरुरी हुनेछ । नियत सफा राखेर गरिने कार्यबाट केही लाभ गर्न भने सकिनेछ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमा समानका व्यक्तित्त्वको आर्शिवादले यहाँलाई हित गर्नेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन बढी ईच्छाएको काम वा विषयमा अबरोध सृजना हुने वा विलम्ब हुनसक्ने देखिएको छ । तथापि पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्ने विषयमा विचार विमर्श हुनेछ । मानमर्यादा गर्नुपर्ने व्यक्तित्त्वलाई खुशी बनाउनु तथा उहाँहरुबाट आर्शिवाद लिने गर्नाले ग्रहदोष न्यून भई महत्त्वपूर्ण काम फत्ते गर्न मद्दत हुनेछ । सामान्य दैनिकीको पक्षमा ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । कामकार्यमा रुचि बढ्ने छ ।  स्वजनसँग भेटघाट हुने र सहयोग पाइने छ । प्रतिस्पर्धा जन्य काममा पनि अग्रता हासिल हुनेछ । आज यहाँलाई तीन अंक र हरियो रङ्गको प्रयोग बढी फापसिद्ध बन्नसक्ने छ भने भगवान सूर्यनारायण एवं माँ इन्द्रायणीको  सेवा आराधनाले भाग्यबृद्धि गर्नेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन ग्रहको केही अदृष्य अबरोधको बाबजुतपनि उमंग उत्साह बढ्ने खालको रहेको छ । आर्थिक लाभको संयोज जुट्ने छ भने प्राकृतिक रमाइलोपन मिल्ने छ । कार्ययोजनादिको बारेमा संवाद हुनसक्ने र नयाँ कार्यमा लगानी आदिको अवसर मिल्नसक्ने छ ।  अबसरको सदुपयोग गर्न जाने  बोलीवचन एवं प्रवचन–भाषण आदिमा वाणीको ओजस्वीता बढ्नसक्ने छ । आजको दिन वाकवृति हुनेहरुको लागि बढी उपयुक्त हुनसक्ने छ । तथआज यहाँलाई दुई अंक, सेतो रङ्ग शुभ हुनेछ भने शनिदेवको सेवा आरधनाले कार्यसफलतामा मद्दत गर्ने गर्नेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन गोचर ग्रहमा केही अबरोध देखिएको छ, त्यसको बाबजुतपनि शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ । व्यवसायबाट आंशिक धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुनसक्ने छ । ईच्छित विशेष कार्य पूर्ण होस भन्ने कामना गरी ग्रह अबरोध निवृतिको लागि हनुमानको भक्ति गर्नु उपयुक्त हुनेछ । सामाजिक सेवा सहयोग गर्नु पर्ने तथा जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । आज यहाँले पितृको नाममा गरीब दीनदुःखीहरुलाई भोजन खुवाउनु वा दान दिनु विशेष शुभकर हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन दैनिक एवं पारिवारिक आवश्यकताहरु थपिने र खर्चको मात्रा बढ्नसक्ने  छ । कामकार्यमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष बाधा विघ्नता आउने, समर्थन जुटाउन अल्लि गार्हो पर्नेछ, तथापि कतैबाट राम्रो टेवा मिल्नेछ र केही उपलब्धि पनि हुनेछ । चोटपटक तथा दुःखविमारको सम्भावना छ, यात्रा एवं चलखेलमा र खानपानमा ख्याल पुर्याउन जरुरी छ । केही संघर्ष पर्यो भन्दैमा मानसिक विचलन गरी हाल्न भने पर्दैन, सामान्यतया प्रतिष्ठामा आँच आउने र केही प्रतिकूल जस्तो देखिएपनि अन्तिम घडीमा केही सफलता पनि मिल्नेछ । तीन अङ्क एवं पहेंलो रङ्गको प्रयोग र माँ बगलामुखीको भक्ति आज तपाईँको लागि फाइदाकर हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन उच्चमनोबल बढ्ने र महत्त्वपूर्ण काम सम्पादन गर्नसकिने दिन रहेको छ । आर्थिकपक्ष सबल हुनेछ । स्वजनबाट सहयोग मिल्ने छ भने विद्यार्थीहरुको लागि विद्यामा रुचि र सफलता मिल्ने छ ।  सन्तानको बाटोबाट पनि सन्तोष लिनसकिने छ । पेशा तथा व्यवसाय आदिबाट यथा औकात धनार्जन गर्नसकिने र आर्थिक भार कम हुने हुनाले चित्तवृतिमा शान्ति मिल्ने छ । स्वकार्यबाट सन्तुष्टि मिल्ने छ भने यात्रा सफल हुने देखिन्छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा तथा यशकृति बढ्न गई आत्मबल पनि बृद्धि हुने ग्रहगोचर परेको छ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन गोचर ग्रहको प्रभाव मिश्रित देखिएको छ । बढी आसक्ति गरेको मुख्यकाम प्रभावित हुनसक्ने देखिन्छ । स्वार्थपरक सम्मान मिल्नसक्ने छ । प्रस्तावमा केही कुटिलपन पनि लुकेको हुनसक्छ ख्याल गर्नु बुद्धिमानी होला । सामान्य दैनिकी कामकार्य भने ठिकै रुपमा सञ्चालित हुनेछन् । मान्यजनप्रतिको श्रद्धाव्यवहार अल्लि बढाउनु पर्ने देखिन्छ । केही विशेष योजना बन्नसक्ने, औकात अनुसारको सफलता मिल्ने, वरिष्ठताको श्रेणी एवं व्यवसायिक लाभ हुनसक्ने छ । आज तपाईँको लागि एक र दुई अङ्क, रातो र सेतो रङ्गको उपयोग उपयुक्त हुनेछ भने माँ इन्द्रयणी देविको साथमा भगवान सूर्यदेवको श्रद्धाभक्ति एवं स्तुति गर्नुले ग्रहको बाधक भूमिकामा न्यूनिकरण गर्न सकिनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन सात्त्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनहरुसँगको भेटघाट र योजनासंवादको पनि स्थितिलाई गोचरले देखाइरहेको छ । व्यापार व्यवसाय एवं उद्यमजन्य पेशागत कार्यमा सफलता मिल्ने छ । अनुकूलतापूर्ण वातावरण सृजना हुनाले साहस उमङ्ग र कार्यमा रुचि पनि बढेर आउने छ । सम्मानित रुपको  निमन्त्रणा मिल्ने तथा औपचारिक कार्यक्रम आदिमा सरिक हुनपाइने छ । आँटे ताकेका तथा गर्न खोजेर पनि थातिरहेको केही महत्त्वपूर्ण इष्टकार्य पूर्णहुनसक्ने छन् भने केही काम अघि बढ्नेछ । ईज्जत प्रतिष्ठा एवम् कान्ति बढ्नेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल समय देखिएको छैन । स्वास्थ्यमा समस्या बढ्नसक्ने तथा कामकार्यमा पनि झमेला आइलाग्नसक्ने सम्भावना छ । समयको प्रतिकूलतालाई नबुझि कुनै पनि कार्यमा हतार गर्दा उल्टो परिणाम आउनसक्ने र हानी नोक्सानी व्यहोर्नुपर्ने हुनसक्ने छ, ख्याल पुर्याउनु होला । दैनिक कार्यमा बढी परिश्रमको बाबजुत कम उपलब्धिले चित्तबुझाउनु पर्ला, संयम र धैर्य गरी प्रतिकूल समयलाई टर्न दिनु बुद्धिमानी हुनेछ । मानसिक चञ्चलतालाई संयम गरी स्वकर्ममा लगनशील हुनाले केही लाभ गर्न सकिनेछ । आज आठ अंक र रातो रङ्ग शुभ हुनेछ भने र रोगीको सेवाले पूण्य दिनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन भौतिक सुखसुविधा एवं उन्नति गराउने खालको गोचर रहेको छ । विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुने छ । व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । छोटो तथा लामो दुरीको यात्राको पनि सम्भावना देखिन्छ । विवाहको चर्चा चल्नसकने सम्भावना छ भने प्रेमपारखीको लागि पनि दिन उत्तम छ । आज यहाँलाई सात अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने माँ बगलामुखीको दर्शनभक्ति गर्नुले भाग्ये बृद्धि गर्न मद्दत हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन आँट ठूलै गराउने तर कामपूर्ण हुन ग्रहको केही अबरोध देखिएको छ । तथापि सामान्यतया व्यवसायिक कामबाट लाभ हुनसक्नेछ । उद्यमको प्रख्याति बढ्ने र कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा अग्रसरता लिनसकिने छ र आत्मबल पनि बढ्नेछ । स्वास्थ्यमा आरोग्यता र कान्तिमा बृद्धि हुनेछ  भने मानसिक दृढता बढ्नेछ ।  मुख्य एवं इष्टकार्यमा आउने बिघ्नताको निवारणको लागि आज यहाँले भगवान सूर्यनारायणको ध्यान भक्ति एवं स्तुति गर्नु फापकर हुनेछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia