मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन ज्ञानशक्ति तथा विद्याको अहं बढ्नसक्ने छ, गोचरले त्यति साथ दिएको देखिँदैन । पहिला फुर्ति र पछि पछुतो पर्नसक्ने छ, काम फत्ते नभई व्यक्त नगरेकै राम्रो हुनेछ । मान्छेहरुको झ्यास्सै विश्वास गर्नाले पश्चाताप पर्नसक्ने सम्भावना छ होसियारी अप्नाउनु बुद्धिमानी हुनेछ । भाका तथा आश्वासन पूरा हुन गार्हो परेपनि संयमपूर्वक स्वाध्याय तथा स्वकार्यरत रहनाले लगनशीलता तथा धैर्यताको फलस्वरुप केही उपलब्धि मिल्नसक्ने छ । आज यहाँलाई पाँच अङ्क, रातो एवं सेतो रङ्गको प्रयोग र गोचरबाधालाई न्यनताको लागि भगवान भैरवदेवको प्रार्थना तथा स्तुति आराधना गर्नु राहतप्रद हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन धेरै अनुकूल मान्न अल्लि नसकिने खालको रहेको छ । संघर्षको अनुभूति हुनसक्ने ग्रहगोचर परेले आज तपाईँले काम कार्य सम्पादन गर्दा मान्छेहरुले आलोचना गर्नसक्ने वा अपजशको सामना गर्नपर्ने हुनसक्ने छ । हतास मानसिकतालाई संयम गर्ने र धैर्यताको अभ्यास गर्ने गर्नाले दुष्परिणामबाट बच्न मद्दत गर्नेछ । अनिवार्यबाहेकका जनव्यवहारका सवालमा आवश्यकभन्दा बढी सरोकार नराखेकै उचित हुनेछ । संघर्षको बाबजुतपनि आफ्नो कार्यमा लगनशील रहिरहनाले केही लाभ गर्नसकिने छ । आज चार अंक, सेतो तथा उज्यालो रङ्ग शुभ रहनेछ भने कुनै विशेष कार्य सम्पादन गर्दा आमाको आज्ञा लिएर गर्नु फापसिद्ध हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन आँटिलो एवम् साहसिलो हुँदाहुँदै पनि केही अबरोधको सामना गर्नपर्ने देखिएको छ । त्यसको बाबजुतपनि पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्ने जमर्को हुनेछ । विशेष काम बनाउन सूर्यदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु मनासिव हुनेछ । कामकार्यमा रुचि बढ्ने छ । शुभचिन्तकसँग भेटघाट हुने तथा सहयोग पनि जुट्ने छ ।  प्रतिस्पर्धा जन्य काममा पनि अग्रता हासिल गर्नसकिने छ । आज यहाँलाई सूर्र्यदेवको स्तुति शुभ हुनेछ भने तीन अंक र हरियो रङ्ग फापसिद्ध रहने छ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन सामानयतया सकारात्मक मान्नसकिन्छ । तथापि केही अदृष्य रोकावटको सामना गर्नपर्ने तथा विरोधाभाष स्थितिको सामना गर्नपर्ने गोचर देखिएको छ । बोलीवचनले खासै महत्त्व नपाउनसक्ने पछि छ । आर्थिक क्षेत्रमा केही संघर्षको सामना पछि अनुकूल हुनेछ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा भने अल्लि संयमपूर्वक व्यवहार गर्नु पर्ला । सञ्चित धनको अपव्यय हुनसक्ने छ ख्यालपुर्याउनु होला । आज तपाईको लागि दुई अंक, सेतो रंगको प्रयोग शुभ रहने छ भने भगवान हनुमानदेवको साथमा माँ सन्तोषीको भक्तिभाव गर्नु हितप्रद हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन दिनलाई सकारात्मक नै लिनुपर्छ तथापि गोचर केही बाधक अबस्था देखिएको छ । रपनि ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवम् खुशीयालीप्रद रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र कोसेली आदि पनि  मिल्नसक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाममा लगानीको बारेमा विचारविमर्श हुनसकने छ । पेशागत कामकार्यमा लाभ एवम् सफलता प्राप्त हुनेछ । प्रेमसम्बन्ध गाँसिने तथा जोडिएको सम्बन्ध मज्बुत बन्नेछ । आज यहाँलाई एक अङ्क, रातो रङ्ग र भगवान हनुमानको व्रत उपाशना गर्नु गोचरबाधा निवारणको उपाय हुनसक्नेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन प्रतिकूलता बढ्नसक्ने खालको गोचर परेको छ । कामकार्यमा बढी हतार नगर्नु नै बुद्धिमानी हुनेछ अन्यथा खर्च बढ्ने सम्भावना रहनेछ । विषय तथा कार्य नबुझि अघि बढ्नाले पश्चाताप पर्नसक्ने छ, ख्याल गर्नु होला । केही संघर्ष एवं प्रतिकूलताको बाबजुत सोँच एवं योजना नभएको तर्फबाट आकस्मिक आयआर्जन तथा उपलब्धि हुनसक्ने छ । देशविदेशको यात्रा हुनसक्ने छ । दानदातव्य एवं मान्यजनको दर्शनभेट आदिको लागि पनि दिन उपयुक्त रहेको छ । आज यहाँलाई रातो रङ्ग, पाँच अङ्कको उपयोग र मा इन्द्रायणीको श्रद्धाभक्ति गर्नु विशेष शुभकर हुनेछ ।

 

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने दिन छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ भने प्रेमाभिलाषिहरुको लागि प्रेमसम्बन्ध जोडिनसक्ने पनि सम्भावना छ । आज यहाँलाई दुई अङ्क, सेतो रङ्गको उपयोग फापकर हुनेछ भने माँ भुवनेश्वरीको भक्तिभाव विशेष फापसिद्ध हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन ग्रहको केही अबरोधको बाबजुत पनि ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । सन्तानको पक्षबाट पनि सन्तोष प्राप्त हुने र अधुरा रहेका केही कामहरुलाई पूरा गर्नसकिने छ । राजनीति एवम् समाजसेवा जन्य कामबाट पनि प्रसिद्धि कमानउ सकिनेछ । सम्बन्धितहरुको लागि प्रेम वा विवाह प्रस्तावको पनि सम्भावना छ । महत्त्वपूर्ण कार्यमा आउनसक्ने बाधा निवारणको लागि सूर्यदेवको साथमा माँ इन्द्रायाीलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु शुभप्रद हुनेछ  ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन पाएको आश्वासन काम नलाग्न वा पूरा हुन कठिन छ । महत्त्वाकांक्षा ठूलै भएपनि महत्त्वपूर्ण उपलब्धि हुनलाई ग्रहबाधा देखिएको छ । तथापि धार्मिक–आध्यात्मिक वातावरण एवं चिन्तनमनन् भने सृजना हुनसक्ने छ । सामान्यतया दैनिक रुपमा चलिरहेका व्यवहारिक कामकार्य आदिबाट लाभ हातपार्न सकिने छ । उच्चवर्गसँग संपर्क स्थापित हुनजाँदा केही महत्त्वाकांक्षा पनि बढ्नसक्ने छ । जसले मनोबल पनि उच्च बनाउने छ । प्रेमसम्बन्धमा नयाँ पन आउनेछ ।  विवाह प्रस्तावले प्रसय पाउने छ । आज यहाँको लागि नौ अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान भैरवदेवको श्रद्धाभक्ति एवं कुकुरको सेवा फापसिद्ध हुनेछ ।

 

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल मान्न अल्लि नसकिने देखिएको छ । चन्द्रमा लगाएतका ग्रहहरुको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्य र गर्न लागेको कार्यमा प्रभाव पार्ने देखिन्छ । समयको प्रतिकूलतालाई नबुझि जबर्जस्त गर्नाले पश्चातापमा पार्नसक्ने सम्भावना छ, ख्याल गर्नुहोला । आहारविहारमा होसियारी अप्नाउने र फजुलका विषयमा मन नदिने गर्नु नै बुद्धिमानी हुनेछ । सामान्य दैनिकी कार्यलाई भने संयमपूर्वक सम्पादन गर्नसक्नु हुनेछ । आज यहाँलाई आठ अंक, रातो रङ्ग र आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु हितकर हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । गोचरले विशेष स्थानको यात्राको संयोगलाई पनि जुराइरहेको देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हातपार्न सकिनेछ । राजनीति तथा समाजसेवा आदि क्षेत्रमा पनि अनुकूलता देखिएको छ । यहाँले आज विपरित लिङ्गीलाई उपहार दिनाले विशेष अर्थ राख्नेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन शारीरिक एवं मानसिकरुपमा सक्षम देखिए पनि विशेष मानिएको कार्य पूरा गर्न संघर्ष पर्नेछ । सामान्यतया आरोग्यता र हिम्मत–क्षमता भने बढ्ने छ । रपनि सोँचेकै कार्यमा सफलता हातपार्न अल्लि कठिन पर्ने देखिन्छ । दैनिकी कामकार्य तथा पेशाको क्षेत्रमा स्वभाविक सफलता एवं लाभ प्राप्त हुनेछ । शुभेच्छुक जनहरुबाट पनि केही काम लिन सकिनेछ । यात्राको पनि विचार योजना हुनसक्नेछ । मान्यजन वा विरामी जनको भेट्घाटमा समयको सदुपयोग गर्नु उचित हुनेछ । राजनीति, समाजसेवाजन्य क्षेत्रमा केही सकारात्मक परिणाम हातपार्न सकिने छ । मुख्य कार्यमा देखिने संघर्ष निवारणको लागि भगवान सूर्यदेव र माँ इन्द्रायणीको आराधना तथा उपाशना गर्नु हितकर हुनेछ ।

तपाईको प्रतिक्रिया