इनरुवा, फागुन १९ /थारु समूदायको आस्थासँग जोडिएर सामाजिक सद्भाव सहित समूदायमा साझा धार्मिक थलो उन्मूख बनेको इनरुवा ५ बलाहाको लाटी देवि ग्राम थान संरक्षणकालागि स्थानीयहरु एकजुट भएका छन् ।  वि.स.१९४५ सालताका थारु बस्तीको सुरुवातसँगै स्थापना भएको मानिने लाटी देवि ग्राम थान संरक्षण सहित व्यवस्थित संरचना निर्माणकालागि आजबाट श्रीम्द भागवत पुराण थालिएको हो ।


इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता सहित प्रतिनिधिसभा सदस्य सीताराम मेहता लगायतको उपस्थितीकाबिच कलश यात्राको शुभारम्भ गरिएको छ । नगरप्रमुखका साथै सासंद मेहताले पौराणिक आस्थाको केन्द्र र आदिमकालिन सम्पदा संरक्षणको खाँचो औल्याउँदै सबैको सहयोग जुट्नेमा विश्वास व्यक्त गरे ।


पण्डित पुरुषोत्तम गजुरेलको कथा बाचन रहने भागवत पुराणबाट १ करोड बढी आर्थिक संकलन गर्ने लक्ष लिएको पुराण आयोजक समितिका अध्यक्ष कपिलमणी पोखरेलले जनाए । मन्दिर हातामा रहेको बरको रुखलाई स्थानीयहरुले इनरुवा क्षेत्रकै पुरानो मान्ने गर्छन् । जसलाई काट्नु हुन्न भन्ने मान्यता चली आएको छ । राजाजी, सरेस र लाटी देवि थान संरक्षण तथा सम्वद्धन सहितको उद्येश्यसाथ पुराण आयोजना गरिएको स्थानीय अगुवा रोहित चौधरीले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia