मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन विपरितलिङ्गी तर्फको आकर्षण तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुनेछ । प्रेम तथा विवाहको प्रस्ताव आउनसक्ने कुरालाई पनि नकार्नसकिन्न । व्यवसायिक उन्नति हुनगइ बैंकब्यालेन्स तथा कोष बढ्नेछ । आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । व्यापारिक यात्राको संयोग जुट्नसक्ने सम्भावना छ । आज यहाँलाई सात अङ्क, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने भगवान गौरीशङ्करको स्तुति उपाशना गर्नु शुभकर हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन अर्थकर रहनेछ । शारीरिक एवम् मानसिक बलबृद्धि हुनेछ । सहयोगी बढ्ने, विपक्षीलाई रिझाउन सकिने र व्यवसायबाट मनग्य लाभ हातपार्न सकिने छ । आरोग्यता बढ्ने र कान्तिमा बृद्धि हुनेछ । इष्टकार्यमा सफलता हातपार्न सकिने छ भने आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । श्री लक्ष्मीको कृपायोग परेकोले अर्थलाभ हुनेछ । सफलता एवम् लाभको कारण कर्मक्षेत्र क्रियाशील हुन थप हिम्मत र साहस बढ्ने छ । आज तपाईँले भगवान शिवको श्रद्धाभक्ति एवं स्तुति गर्नु शुभकर हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन सन्दर्भविनाको प्रसङ्गका कुराले अनावश्यक विवाद सृजना गर्नसक्ने र आफैलाई हलुङ्गो बनाउनसक्ने छ । सहजरुपमा उपलब्धि प्राप्त हुन गाह्रो देखिन्छ । विशेषकाममा वैकल्पिक माध्यम अप्नाउनु बुद्धिमानी हुनेछ । गाम्भीर्यता धारण गर्नसकेको खण्डमा विद्यार्थी वर्गले विद्यार्जनमा केही प्रगति गर्नसकिने छ । बैठक आदिमा जरुरी विषयमा मात्रै प्रवेश गरेको राम्रो हुनेछ अन्यथा उठेको प्रसङ्गलाई बिटमार्न कठिन पर्नसक्ने छ ख्याल गर्नु होला । आत्मप्रसंशाको मनोभाव बढ्नसक्ने र मुल्याङ्कनमा ह्रास आउनसक्ने छ । पराईको निन्दा चर्चामा भुल्दा स्वकार्य अधुरो रहनसक्ने तर्फ पनि ख्याल पुर्याउन जरुरी देखिन्छ । आज तपाईले शिवाराधना र पितृको नाममा यथाशक्य दान गर्नु शुभप्रद हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन कार्यमा अबरोध आउने र मानसिक अशान्ति बढ्नसक्ने गोचरप्रभाव छ । विचारमा पनि संकिर्णता आउनाले संसर्गिसँग कटुता बढ्नसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । विरोधी तत्त्वले पनि यही मौकामा प्रहार गर्नसक्ने भएकोले चनाखो हुन जरुरी देखिन्छ । अपयश तथा बाधाब्याबधान आउँदैमा हतास मानसिकता गरिहाल्न भने पर्दैन, हिम्मत नहार्ने र सत्नियतमा रहने तथा उपयुक्त उपाय अवलम्बन गर्ने गर्नाले अन्तिममा सफाइ र सफलता मिल्नेछ । केही संघर्ष एवम् अल्लि बढी मेहनतबाट केही फाइदा पनि गर्नसकिने छ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन पुरुषार्थिलो रहनेछ । जोशजाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव पनि आउनसक्नेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तेस्रोक्रम, प्राकृतिक हरियो रङ्गको उपयोग आज तपाईको लागि उपयुक्त रहनेछ भने कसैको दाजुभाइबीचको सम्बन्धमा सुधारको लागि समन्वय गरिदिँदा प्रष्तिठा बढ्ने छ । आज तपाईँले भगवान आसुतोषको भक्तिस्तुति गर्नु ज्ञानप्रद हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु पर्नेछ ।  सामान्यतया व्यवसायिक कार्यलाई बढाउने दिन परेको छ । सञ्चित धनको आकस्मिक खर्चलाई भने नकार्न सकिन्न । परिवारमा नयाँ सदस्य वा नाता–कुटुम्ब अर्थात परदेशी कसैको आगमनले रौनक थप्नेछ । भने शुभसमाचार प्राप्त हुनाले वातावरण रमाइलो हुनेछ । परपाहुनाको सेवासत्कारमा व्यस्त रहन पर्ने पनिसम्भावना रहनेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको प्रयोगलाई प्रार्थमिकता दिनु लाभकर हुनेछ भने माँ भगवतीको उपाशना गर्नु श्रेयस्कर हुनेछ ।

 

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन लाभ एवम् सफलता हासिल गर्नसकिने छ । व्यवसायिक लाभ एवम् भौतिक उपलब्धि हुनेछ । रोकिएर रहेका कार्य बनाउन सकिने छ । सम्मान मिल्ने तथा कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने नयाँ कार्यमा लगानीको अवसर मिल्नसक्ने देखिन्छ । सौगात मिल्नसक्ने ग्रहगोचरीय सम्भावना छ । आज यहाँलाई एक अंक एवं रातो रङ्गको उपयोग शुभ रहने छ भने उपहारव्यवहार गर्ने र भगवान गौरीशङ्करको भक्तिभाव र दर्शन स्तुति गर्नु शुभप्रद हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत पनि अन्त्यमा परिणाम सुखद आउने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । व्यवहारिक औपचारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदि पक्षमा दानदातव्य, सहयोग गरेर खर्चको सदुपयोग गर्नु उचित हुनेछ । आज यहाँलाई कुनै मातृशक्तिको सहयोग मिल्नसक्ने छ । त्यस्तै ३ अंक र पहेंलो रङ्ग यहाँलाई आज शुभ हुनेछ भने परोपकारले सन्तोष दिनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन विभिन्न खालको अबरोधको बाबजुत पनि कार्यक्षेत्रबाट आर्थिक लाभ गर्न सकिने गोचर परेको छ । अध्यनअध्यापन एवं लेखनजन्य कार्यमा पनि प्रगति हुने छ भने गृहस्थीहरुलाई सन्तानको पक्षबाट सन्तोषपूर्ण भूमिका निर्वाह हुनेछ । दिनको सदुपयोग गरी अधुरा रहेका कामहरुलाई पूरा गर्न आफ्नो कामलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ । आज यहाँलाई दुई अंक, सेतो रङ्गको उपयोग फापकर हुनेछ भने अबरोध निवारणको लागि भैरवदेवको दर्शन, भक्ति तथा स्तुति गर्नु शुभकर हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन राम्रो खालको अवसर प्राप्त हुने भएकोले त्यसको सदुपयोग लागि आत्मबल बढाउन पर्ने देखिएको छ । मानसम्मान बढ्ने तथा पदप्रतिष्ठा प्राप्ति हुनसक्ने ग्रहगोचर परेकोले राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी बढ्नसक्ने छ । व्यापार व्यवसायबाट लाभ गर्नसकिने छ भने उच्चपदस्थ व्यक्तित्त्वसँग संपर्क विस्तार हुन जाने सम्भावना पनि छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने आत्मबल बढाउन रुद्रावतार महावीर हनुमानको श्रद्धाभक्ति अनुसरण गर्नु बुद्धिमानी हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन आफूभन्दा माथिल्लो तहबाट केही दबाब आउनसक्ने हुँदाहुँदै पनि अध्यात्मिक तथा आस्तिक भावना बृद्धि भई धार्मिक कार्य सम्पादन हुनसक्ने छ । व्यापार व्यवसायमा राम्रै लाभ गर्नसकिने गोचर परेको छ । सत्यमा रहने र साहस एवम् दृढता बढाउनाले आउनसक्ने अपजश आदिलाई प्रतिकार गर्नसकिने छ । यात्रायोजना एवम् नयाँ कार्यको चिन्तन तथा थालनीलाई गोचरले संकेत दिइरहेको छ । पेशागत केही लाभ पनि हुने देखिन्छ । नौ अंक पहेलो रंग र धार्मिकजनको आर्शिवाद लिनु यहाँको लागि आज उपयुक्त हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन प्रतिकूल गोचर परेको छ । ग्रहले मानसिक अशान्ति तथा स्वास्थ्य समस्या बढाउने खालको स्थिति सृजना गर्न खोजिरहेको देखिन्छ । दीर्घ रोगीलाई बढीकष्ट हुनसक्ने छ । सर्वसाधारणलाई हतार गर्दा कार्यबाधा र खतिक्षति हुनसक्ने सम्भावना रहेकोले नहतारिएकै राम्रो हुनेछ । प्रतिकूल ग्रहप्रभावले सामान्यतया किंकर्तव्यविमूढताको अनुभूति हुनसक्ने छ संयमित रहनुपर्ला । कसैकसैलाई राम्रो गर्न खोज्दा पनि परिणाम विपरित आउनसक्ने भएकोले स्यावासीको अपेक्षा नगर्दा सुखी भइनेछ । आज यहाँले आठ अङ्क, रातो रङ्गको प्रयोग र इष्टदेवको श्रद्धाभक्ति बढाउनु शुभप्रद हुनेछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia