मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन दाम्पत्य एवम् भौतिक सुखकर रहनेछ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्ने तथा प्रेमसम्बन्ध बलियो हुनेछ । यात्राकर ग्रहयोग परेकोले देशविदेशको यात्रा हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यापार व्यवसायीले राम्रो लाभ गर्नसक्नु हुनेछ । कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनाले भौतिक उपलब्धि एवम् मानसिक शान्ति मिल्नेछ । जागिर नोकरी आदिमा पनि दिन अनुकूल रहेको छ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्गको प्रयोग फापसिद्ध हुनेछ भने उपहार व्यवहारले पनि यहाँले खेलेको भूमिकामा सकारात्मक अर्थ राख्नेछ ।

 

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन समय तथा अवसरको सदुपयोग गर्नसकेको खण्डमा अनुकूल एवम् सफल रहनेछ । प्रतिस्पर्धामा सफल भइने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा आरोग्यता प्राप्त हुने तथा कान्तिमा बृद्धि हुनेछ । खेलकुद आदि शारीरिक प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । विरोधीपक्षसँग आफ्नोपक्षमा सम्झौता गर्न सकिने छ । आज यहाँलाई हरियो रंग, छ अंकको प्रयोग अनुकूल रहने छ भने विपक्षिको सम्मान गर्न जानेको खण्डमा रणनीतिक रुपमा फाइदा लिन सकिने छ ।

 

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको मध्यम रहेको छ । आत्मरतीको चाहना तथा बोलेर बाढो हुनखोज्ने मनोविज्ञान बढ्नाले अर्काबाट हुने मुल्याङ्कनमा तपाईँको कमजोरी फेला पर्नसक्ने छ । अर्काको निदिखोजीमा समय व्यतित हुने र आफ्नो महत्त्वपूर्ण कार्य अधुरो रहनसक्ने कुरालाई पनि ग्रहले देखाइरहेको छ । समयको सदुपयोग गर्न खोजेमा अध्ययनको पक्षमा भने फाइदा लिन सकिनेछ । ध्यानपूर्वक स्वकर्मक्षेत्रमा समय दिनाले दैनिकी कार्यबाट सामान्य लाभ गर्नसकिने छ । पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि शुभ हुनेछ भने भगवान श्रीगणेश जीको भक्ति बढाउनु उपयुक्त हनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल देखिएको छैन । मनमा संकोचित विचार बढ्नसक्ने तथा कसैसँग मनमुटाव हुनसक्ने पनि सम्भावना प्रतित भइरहेको छ ख्यालपुर्याउनु होला । पारिवारिक भार बढ्नसक्ने एवम् अभाव खट्कििनसक्ने देखिन्छ । केही असन्तुष्टिको सामना गर्नपर्ने हुनसक्छ, संघर्ष तथा अपयशसँग जुध्नको लागि आत्मबल बढाउनु पर्ला । काममा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाउनु होला । आज यहाँलाई चार अंक, सेतो रङ्ग शुभ हुनेछ भने आमाको आर्शिवाद हितकर हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन पराक्रम बढ्ने हुनाले पुरुषार्थकर रहनेछ । शारीरिक जोशजाँगर बढ्ने हुनाले रोकिएर रहेका काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु पनि जुट्ने छन् । इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने एवम् भाइबहिनीसँगको सहकार्यबाट उपलब्धि गर्न सकिने छ । व्यवसायिक कामबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तीन अंक, हरियो रङ्ग आज तपाईको लागि उपयुक्त रहनेछ भने दिदी बहिनीलाई उपहार दिनाले अपेक्षित उपलब्धि ल्याउन सहयोग गर्नेछ ।

 

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन अनुकूल देखिएको छ । तथापि बोलीवचनको अपव्याख्या हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तरपनि धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । दुई अङ्क, सेतो रङ्गको प्रयोगको साथमा आज यहाँले हनुमानदेवको भक्तिभाव गर्नु शुभकर हुनेछ ।

 

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन व्यवहारिक कुशलता बढ्नाले मान्छेहरुको ध्यानाकर्षण गर्नसकिने गोचर परेको छ । मानप्रतिष्ठा बढ्ने र मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा प्राप्ति हुनेछ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्नसक्नु हुनेछ । सामाजिक जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । विवाह योग्य युवायुवतीको लागि वैवाहिक सम्बन्ध जोड्ने प्रसङ्ग चल्नसक्ने छ । माङ्गलिक कार्यमा सरिक हुनपाइने सम्भावना छ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन सोँचविचार नपुर्याई अनावश्यक रुपमा गरिएको घुमफिरले अन्ततः खर्चलाई नै प्रोत्साहन गर्ला । सुझबुझ नगरी गरिएको फुर्तिफार्तिले पश्चाताप पार्नसक्ने छ । आयमा मन्दि आउने तथा सञ्चित धनखजानाको खर्च हुने, अस्वस्थता बढ्नसक्ने आदि कुरालाई पनि गोचरले लक्षित गरिरहेको छ । तथापि खासै नसोँचेको विषयको काम बनेर आकस्मिक लाभ तथा उपलब्धि हातपर्नसक्ने कुरालाई पनि गोचरले दखाइरहेको छ । आज तपाईले तीन अंक, पहेंलो रंग र सिद्धिविनायक गणेशजीको स्तुति आराधना गर्नु हितप्रद हुनेछ ।
धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन यद्यपि आयप्रद हो तरपनि विशेष अपेक्षित उपलब्धिमा अदृष्य रोकावट आउनसक्ने सम्भावना भने देखिएको छ । सामान्यतया व्यवसायिक कार्यबाट केही हद्सम्म लाभ गर्नसकिने छ । शुभेच्छुकहरुबाट सहयोग पनि मिल्ने सम्भावना छ । केही सफलता र लाभ भइहाल्दा हौंस्याहट् तथा महत्त्वाकांक्षा बढ्ने पनि हुनसक्ने सम्भावना रहेको कुरालाई नकार्न सकिन्न । आज यहाँको लागि २ अंक, सेतो रङ्ग अनुकूल रहनेछ । विशेष अपेक्षित कार्यमा आउने अबरोधलाई निवारणको लागि भैरवदेवको स्तुति तथा दर्शनभक्ति गर्ने र कुकुरको सेवा गर्ने गर्नु उपयुक्त हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन सकारात्मक छ । मानसम्मान प्राप्त हुने र व्यापार व्यवसाय एवम् जागिर आदि पेशाको क्षेत्रमा अनुकूलता सृजना हुनेछ । समाजसेवाका कार्यमा ग्रहले राम्रो बल दिइरहेको देखिन्छ । उच्च निकायका व्यक्तित्त्वहरुसँगको भेटघाट तथा संपर्कले मानिसक आँट एवम् उच्च मनोबल बढ्नेछ । सम्भावनाहरु हराइरहेका केही कामको सम्भावनाहरु पनि भेटिनसक्ने छ । समयको अनुकूलतालाई बुझेर राम्रो कार्यमा सदुपयोग गरी विशिष्ट दर्जा एवम् पक्षका व्यक्तित्त्वसँग महत्त्वपूर्ण उपलब्धि लिनसकिने छ । राज्यको क्षेत्रबाट पनि आज काम लिनसक्नु हुनेछ । आज तपाईले भगवान गुरु गणपतिको दर्शन भक्ति गर्नु शुभप्रद हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन पूण्यार्जन गर्ने अवसर मिल्ने ग्रहगोचर परेको छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने र धार्मिक कार्य सम्पादन गर्नसकिने छ । व्यवसायिक उन्नति पनि हुन गइ आर्थिक लाभ पनि गर्नसकिने छ । सांसारिक पुरुषार्थ गर्न पनि सक्नुहुने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले लक्षित गरिरहेको देखिन्छ । आँटेको काममा थप आत्मबलको साथमा अघि बढ्दा हुनेछ । नौ अंक पहेलो रंगको उपयोग र धार्मिक जनको सेवा अझ विशेष हितकर हुने देखिन्छ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन संर्घषप्रद गोचर छ । अल्लि सोँचविचार एवं योजना विपरित परिस्थितिको सृजना भएको महसूस हुनसक्ने छ । बोलिचाली एवं जनव्यवहारमा सावधानी अप्नाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन हुनसक्ने छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या देखिनसक्ने देखिन्छ । हृदय आदि दीर्घरोगीहरुले विशोष ध्यान दिन जरुरी देखिएको छ । उपर्युक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत खासै योजनामा नपरेको काम बनेर केही राहत भने मिल्न सक्नेछ । अप्रत्यासित उपलब्धि हातपार्न सकिने सम्भावना छ । तपाईलाई आज कुमारीदेवीको श्रद्धा भक्ति एवं उपाशना गर्नु हितकर हुनेछ ।

तपाईको प्रतिक्रिया