इनरुवा फागुन २२ /भारतीय बजारबाट नेपाल तर्फ ल्याउँदै गरेको कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरी निरीक्षक अवधलाल यादव नेतृत्वको टोलीले अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको बोइलर कुखुरा लौकही क्षेत्रको भारतीय सीमा क्षेत्रबाट बरामद गरेको हो ।
प्रहरीलाई देखेर तस्कर फरार भएपछि प्रहरी निरीक्षक यादव आफैंले साइकलमा लोड गरिएका कुखुरा बरामद गरी इलाका प्रहरी कार्यालय लौकहीमा पुर्याएका थिए ।साइकल हाँकेर यादवले कुखुरा इलाका प्रहरी कार्यालय लौकहीलाई जिम्मा लगाएका थिए । इनिस्पेक्टर आफैंले साइकल हाँकेर बरामद कुखुरा लिएर सडकमा हिँडेको देखेपछि सर्वसाधारण चकित देखिएका थिए ।साइकलमा कुखुरा तस्करीको क्रममा बढेपछि प्रहरीले छड्के गरेको थियो । बरामद १०० थान कुखुरा नष्ट गरिने प्रहरी निरीक्षक यादवले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia