मुम्बई । गायक उदित नारायण झाका छोरा आदित्य नारायणलाई दुर्घटना गराएको अभियोगमा मुम्बई प्रहरीले पक्राउ गरेको छ ।आदित्यलाई मुम्बईको बर्सोवा प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । उनले चलाइ रहेको गाडीले एक रिक्सालाई ठक्कर दिएपछि प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मुम्बईको अन्धेरीमा आदित्यले चलाइरहेको गाडीले उक्त रिक्सालाई ठक्कर दिएको हिन्दुस्तान टाइम्सले प्रहरीलाई उद्धृत गर्दै समाचार छापेको छ ।उनीविरूद्ध प्रहरीले इन्डियन पेनल कोडको ३३८ तथा २७९ आइपिसी अन्तरगत केस दर्ता गरेको छ । पछिल्लो पटक उनी विमानस्थलका कार्मचारीसँग विवाद गरिरहेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia