- मिकाइल आलम

३० फागुन, इनरुवा। सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ८ स्थित भाणटावारीमा तीन दिनै मैनबत्ती तालिम सम्पन्न भएको छ । कोशी गाउँपालीकाका वडा नम्बर ८ वडा कार्यालयको सहयोग तथा ग्रामीण विकास समाज नेपालको आयोजनामा सो तालिम सम्पन्न भएको हो ।

तीन दिने तालिममा प्रशिक्षकले सो क्षेत्रका ग्रामीण महिलाहरुलाई मैनबत्ती बनाउने तरिका सिकाएका थिए । तालिम पछि महिलाहरु मैनबत्ती आफै बनाएका थिए । मैनबत्ती तालिममा सहभागी २६ जना महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले संचालन गरेको आयोजक समितिका अध्यक्ष शमसाद अन्सारीले बताए ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नम्बर ८ का वडाध्यक्ष विन्देश्वर यादवले तालीममा सिकेको कुरा व्यवहारमा उतार्न सहभागी महिलाहरु लाई आग्रह गरेका थिए । यादवले मैनबत्ती तालिम सिकेको महिलालाई वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । संस्थाका अध्यक्ष शमसाद अन्सारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा सदस्य अकलीदेवी सरदार,दिलजान आलम,कृष्ण गुप्ता,शमसाद आलम,हासिम अन्सारी,बिरेन्द कुमार साह लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia