काठमाडौँ, २३ असोज / भारतले अघोषित रूपमा गरेको नाकाबन्दीले बजारमा ग्यासको अभाव भएपछि राजधानीका सर्वसाधारण दाउराको प्रयोग गर्न बाध्य छन् । अनामनगरकी बिनिता महर्जनले घरको छतमा दाउराको चुल्हो बालेर खान पकाउन सुरू गर्नुभएको छ ।

“घरमा ग्यास सकिएको सात दिन भइसक्यो, बजारभरी ग्यास खोजेको कहीँकतै पाइँदैन, त्यसैले विकल्पको रूपमा दाउरा बालेर भएपनि छतमा खाना पकाउन सुरू गरेकी छु”–उहाँले भन्नुभयो । बागबजारमा डेरा गरी बस्दै आउनुभएकी झापाकी उर्मिला गजमेरले पनि ग्यास नभएपछि काष्ठ उद्योग (फर्निचर) उद्योगबाट काठको भूस लिएर भूसे चुल्होमा खाना पकाउँदै आउनुभएको छ । गजमेरले भन्नुभयो, “घरभित्र दाउरामा पकाउन घरबेटीले दिँदैनन्, यसो बाहिरपट्टि आगनको छेउमा भूसे चुल्होमा खाना पकाएर गुजारा चलाउँदै छु ।”

घट्टेकुलोमा भाडामा बस्ने नविन तामाङले ग्यास नपाएपछि विकल्पको रूपमा विद्युत्को माध्यमबाट हिटर चुल्होमा खाना पकाउँदै आउनुभएको छ । “के गर्ने अब दसैँमा घर जानका लागि गाडीको समस्या छ’–उहाँले भन्नुभयो, “ग्यास कहिले पाउने हो, खानै नपाएर मरिन्छ कि जस्तो भइससक्यो नाकाबन्दी कहिले खुल्ने हो ।”

ग्यास, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको अभाव हुँदासमेत सरकारले कुनै वास्ता नगरेको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन् । ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्रबहादुर थापाले सरकारले जतिसक्दो चाँडो नाकाबन्दी खुलाएर ग्यास आपूर्ति गरी जनताको घरमा चुल्हो बाल्ने काम गर्नुपर्छ भन्नुभयो ।

daura

नेपालमा संविधान जारी भएलगत्तै तराईका विभिन्न जिल्लामा मधेसी दलहरूले गरेको बन्द र भारतले अघोषित रूपमा गरेको नाकाबन्दीका कारण ग्यास, इन्धन र अन्य खाद्यन्न यायातमा सामस्या देखिदा मुखैमा आएको दसैँमा घर जाने वा नजाने भन्ने विषयमा सर्वसाधारण चिन्तित छन् ।

साभार : पुर्वेली न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia