काठमाडौँ, २३ असोज / नेपाल र चीन वीचमा द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका विविध विषयमा नेपाल चेम्बर अफ कमर्श र चीनको साञ्छी फरेन ट्रेड इन्टरप्राइजेज एशोसिएशनका प्रतिनिधि मण्डलका वीचमा छलफल भएको छ ।

शुक्रवार आयोजित सो छलफलमा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको भौतिक पूर्वाधार, जलस्रोतका क्षेत्रमा लगानी गर्न र विनाशकारी भूकम्पले अवरुद्ध चीनको नाका खुलाउन चिनियाँ व्यवसायिलाई आग्रह गर्नुभयो ।

उहाँले नेपाली उत्पादनहरुको सहज पहुँच चिनिया वजारमा पु¥याउन सहयोग गर्न र नेपाल भ्रमण गर्न गर्न अनुरोध समेत गर्नुभयो । इन्टरप्राइजेजका निर्देशक वाई सुनले नेपाल र चीन वीचको द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्न निजी क्षेत्रको भूमिका अहं भूमिका हुने चर्चा गर्नुभयो ।

साभार : पुर्वेली न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia