इनरुवा /इनरुवामा समपन्न प्रथम मेयर कप बुद्धिचाल प्रतियोगिताको उपाधी राजन पोखरेलले हात पारेका छन् ।१७ जना प्रतिष्पर्धीलाई उछिन्दै पोखरेलले नगद २५ हजार सहित प्रमाण पत्र हात पारेका हुन् ।प्रतियोगितामा दोस्रो भएका राजकुमार रायले नगद १५ हजार प्राप्त गर्दा तेस्रो भएका हिमाल थापाले १० हजार नगद सहित प्रमाण पत्र प्राप्त गरे ।

बिजेताहरुलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले पुरस्कार वितरण गरेका थिए ।बुद्धिचाल प्रतियोगिता इनरुवामा पहिलो पटक आयोजना गरिएको हो । जसलाई युवाहरुले संचालनमा ल्याएका थिए ।

बुद्धिचाल प्रतियोगितालाई इनरुवा नगरपालिकाको सहयोगमा सृष्टी समाज र इनरुवा युनाइटेडले संचालनमा ल्याएको थियो ।प्रतियोगिता संचालनका दौरान आयोजकले भने धाँधली गरेको भन्ने आरोप झेल्नु परेको थियो । केही खेलाडीहरुले आयोजकले खेलमा धाँधली गरेको आरोप लगाएका थिए । आयोजकले भने सामान्य त्रुटी भएपनि नियम संगत खेल खेलाइएको प्रतिकृया जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia