काठमाडौं । वैज्ञानिकहरुले अदृश्य लुगा बनाएको दावी गरेका छन् । समुन्द्री जीव ‘स्क्विड’को गुण स्वभावबाट प्रेरित भएर वैज्ञानिकहरुले एउटा यस्तो पोशाक तयार पारेका छन, जसले आफूद्वारा प्रतिबिम्बित हुने तापको तरिकामा परिवर्तन गर्न सक्छ । यो पोशाकलाई राती र ससाना कुरा पनि हेर्न सकिने उपकरणले समेत देख्न नसकिने उनीहरुको दावी छ ।

यो सौम्य र पातलो कपडा तान्दा या बिजुलीबाट चालु गर्दा १ सेकेण्ड भित्रै आफ्नो सतहलाई निकै कडा या खुम्च्याउन सक्छ । कपडाको यो विशेषताका कारण इन्फारेड दृष्टि उपकरणहरुबाट पनि यसलाई पत्ता लगाउन सकिँदैन । अमेरिकाको क्याल्फोर्निया विश्वविद्यालयका प्रोफेसर एलन गोरोडेट्स्कीले उक्त पोशाकका बारेमा जानकारी दिएका हुन ।

यो आविस्कारले सेनालाई लुक्न विशेष फाइदा पुर्याउने बताइन्छ । यसका साथै अन्तरिक्ष यानहरुका लागि उत्तम इन्सुलेसन उपलब्ध गराउन, भण्डारणका लागि राम्रा भाँडा (डिब्बा बनाउन), आपतकाल शिविर, खनन र हिटिङ तथा कुलिङ सिष्टम निर्माणमा पनि सहायक हुन सक्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia