- दिपेन्द्र यादव

इनरुवा। सुनसरीको मधेशी समुदायको संस्कृतिको रुपमा रहेको भार प्रथा पछिल्लो समय लोप भएको छ। आफ्ना सम्बन्धि तथा नाता गोताको बिहे, बर्तबन्ध, श्राद लगायतको धार्मिक कार्यहरुमा भारको रुपमा भरियाले दही, चामल, केरा, स्याउ, लत्ताकपडा आदि जस्ता वस्तु लिएर सम्बन्धितको घरमा भार लिएर आउँने अथवा जाने गरेको भार अहिले लोप हुने अवस्थामा छ।

प्राय मधेशी समुदायको रितीरिवाज सँग मेल खाने भार लोप भएपछि दक्षिवर्ती क्षेत्रका अगुवाहरुले यस विषयमा चिन्ता व्यक्त गरेका छन । भार भन्नाले आफ्नो नाता गोतामा हुने विवाह, श्राद्ध लगायतको खुशियाली भोजमा सहयोगको भावनाले ल्याएको उपाहरलाई नै भार भन्ने गरिन्छ । तर पछिल्लो समय रोजगारीको खोजीमा युवाहरु खाडी मुलुक लगायतका अन्य देशहरुमा बैदेशिक रोजगारीमा गएका कारण भारको सट्टा पैसा नै सहयोग गर्न थालेपछि भार लोपन्मुख अवस्थामा पुगेको कप्तानगञ्जका स्थानिय श्रीधर यादवले बताए ।  स्थानिय यादवका अनुसार एक दशक अघि मधेशी समुदायबाट न्युन संख्यामा बैदेशिक रोजगारमा मलेशिया, साउदी अरब, कतार, बहराइन, कुबेत लगायतका मुलुकहरुमा युवाहरु बिदेशिएपछि भार लोप भएको बताए ।

त्यस्तै यता मधेशी समुदायमा अहिले सम्म दहेज प्रथा कयमै रहेको छ । दहेज प्रथालाई न्यूनिकरण गर्न विभिन्न समाजिक संस्थाहरु लागेपनि सफल हुन सकेको छैन । दहेज प्रथालाई न्यूनिकरण गर्न लागेका संघ, संस्थाहरु कागज मिलाएर पैसा मात्र खाने गरेको गुनासोहरु दिनप्रति दिन बढ्दै गएको छ। भार मधेशी समुदायको यादव, मेहता, साह, झा, शर्मा, हलुवाई, कलबार, चमार, डोम, मुस्लिम लगायतका अन्य जातहरुमा भार प्रचलित रहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia