इटहरी । राष्ट्रिय सूचना दिवसकाे अवसर पारेर क्यान महासंघ सुनसरीले बुधबार माेटरसाइकल र्याली सम्पन्न गरेकाे छ । इटहरीकाे मुख्य चाैकबाट सुरू भएकाे माेटरसाइकल र्यालिमा सुनसरीभरीका कम्प्युटर ब्यवसायिहरूकाे बाक्लाे उपस्थिति देखिएकाे थियाे ।

र्यालीले इटहरीकाे बिभिन्न नगरहरू परिक्रमा गरी क्यान महासंघ सुनसरीकाे सचिवालयमा काेणसभा गरेकाे थियाे । बढदाे सूचना प्रविधिकाे बिकास संगै त्यसकाे महत्वबारे बुझाउन इटहरीमा राष्ट्रिय सूचना दिवसकाे अवसर पारेर माेटरसाइकल र्यालीकाे अायाेजना गरिएकाे क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया