काठमाडौं / तपाईँ अस्पतालमा उपचारत आफन्तलाई भेट्न बुकी वा केही खानेकुरा बोकेर जानुहुन्छ होला। त्यहाँ बिरामीलाई अंकमाल गरेर, छामेर वा छोएर ढाडस दिने पनि गर्नुहुन्छ कि ’ गार्ड, नर्स वा स्वास्थ्यकर्मीले अवरोध गरे भने भनसुन वा जरबजस्ती गरेरै भए पनि बिरामीलाई भेट्नुहुन्छ होला ।

अस्पतालमा दैनिक हुने यस्ता घटना हामीलाई सामान्य लाग्न सक्छ । तर यस्तै सामान्य कारणले एउटा रोगको उपचार गर्न अस्पताल भर्ना भएका बिरामीनाई नयाँ भाइरस वा ब्याक्टेरिया संक्रमण भएर ज्यानै जाने घटना बढेका छन् । बिरामीका शुभेच्छुक, कुरुवा, चिकित्सक, स्वास्थ्यर्कीबाट हुने यस्ता सामान्य हेलचेक्रयाइँका कारण बिरामीको अस्पताल बसाई लम्बिन्छ, उचार खर्च बढ्छ र मृत्युसमेत हुन सक्छ ।

अस्पतालमा कुरुवा र उपचारमा संलग्न जनशक्तिले बारम्बार हात धुने, अस्पतालजन्य फोहोर व्यवस्थापन, मास्क तथा पन्जाको सदुपयोग, नियमित सरसफाइदेखि उपचार प्रक्रियामा हुने त्रुटिले यस्ता घटना बढेको चिकित्सक बताउँछन । अस्पतालका शौचालय, क्यान्टिन, भर्याङ, करिडोरबाट पनि संक्रमणको जोखिम हुन्छ । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia