इनरुवा। ललितकला प्रतिस्ठानका पुर्व प्राज्ञसभा सदस्य जीवनाथ पोखरेलको सातौं एकल चरा चित्रकला प्रर्दशनी भोलि आइतबारका दिन इनरुवामा हुने भएको छ । चरा कलाकारिताका कारण चरा बाजेका नामले समेत परिचित बनेका पुर्वप्राज्ञ सदस्य पोखरेलले बनाएका एन आर्टमा आधारित विभिन्न जातका चराहरु इनरुवा ५ को नवयुग बहुउदेश्य सहकारी संस्थाको प्रागंणमा गरिने भएको हो ।

पहिलो पटक २०६० सालमा कोशी टप्पुमा चरा महोत्सव तथा सिमसार दिवसका अवसरमा साता व्यापी रुपमा चराहरुको चित्र प्रर्दसन गरेका २०६१ साल पुन सिमसार दिवसकै अवसरमा कोशी टप्पु चरा चित्र प्रदसनीमा राखेपछि हेर्नेहरुले उत्साह थपेपछि चराकलाकारितामै रमाउन थालेको पोखरेलले वताए । उनले ६४ सालमा पर्यटन बोर्ड काठमाडौं , ६६सालमा कला परिषद बबरमहल काठमाडौं, ६६सालमै विराटनगर र इनरुवामा चरा कला प्रर्दसनी गरिएको र यही बैशाख २३ गते देखि २९ गते सम्म इनरुवामै सातौं प्रर्दसनी गर्न लागेको पोखरेलले जानकारी दिए ।

चराकलालाई उत्कृष्ठ वनाउदै पोखरेलले सुपाडीको वोक्रा, पात साथै प्राकृतिक अन्य सामाग्रीहरुबाट चरा वनाएर क्यानभासमा समेत राख्न थालेका उनको कलाकारितालाई नयाँ प्रयोगको रुपमा लिने गरिन्छ । चराको वासस्थान सहित चरासंग सम्वन्धीत सवै वस्तुहरुलाई समेटेर क्यानभाषमा चरा वनाउने पोखरेलले एनआर्ट नामकरण गरेका छन । पाँच तत्वहरु नेशनल , नेचुरल , नरमल , नाइस र न्यु रहने गरी चरा कलाकारिता गर्न थालेको समेत पोखरेल सुनउछन । एक साता सम्म सञ्चालन हुने प्रर्दसनीमा टाढा टाढा देखि ललितकलासंगै जोडिएका कलाकारहरु देखि लिएर स्थानीयहरु समेतले अवलोकन गर्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia