भुटाहा । सुनसरीको दक्षिणवर्ती गाउँपालिका हरिनगर वडा नं. १ मा युवाहरुलाई लक्षित गरी ३ महिने सीपमूलक कम्प्यूटर तालिम सुरु भएको छ।

युवाहरुलाई सशक्तिकरण बनाउन कम्प्यूटर तालिमको आयोजना गरिएको हरिनगर गाउँपालिकाको कार्यपालिका सदस्य श्री शुशील ठाकुरले भने हाम्रो गाउँ अति पिछिडिएको समाज हो जुनकी यहाँका युवाहरु सीपै नसिकी विदेश पलायन भईरहेको छ । सो को लागि हामीले हरेक वडामा युवाहरुलाई रोजगारीका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छौँ ।

ठाकुरका अनुसार युवाहरुलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको र अगामी दिनमा हामी हरिनगर गाउँपालिकाका सम्पूर्ण युवाहरुलाई सीपमूलक तालिमबाट अगाडी बढाउने योजना अगामी दिनमा ल्याउने छु । सो कार्यक्रममा १५ जना युवाहरुको सहभागीता रहेको थियो । मल्टीटेक कम्प्यूटर ट्रेनिङ्ग सेन्टरको आयोजना र हरिनगर गाउँपालिका वडा नं. १ को सहयोगमा सो कार्यक्रम सुरु भएको सो संस्थाको प्रशिक्षक नेसार अहमदले बताए ।

तपाईको प्रतिक्रिया