काठमाडौं / दुई वर्षभित्र सक्ने लक्ष्यसहित १९ माघ ०७१ मा निर्माण सुरु गरिएको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान चार वर्ष बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । २ सय ९४ रोपनी सरकारी जग्गामा भइरहेको निर्माणको अधिकांश काम सकिए पनि पूर्व-पश्चिम क्षेत्रको ४६ आना ३ पैसा निजी जग्गाको मुआब्जा विवाद नसल्टिँदा आयोजना लम्बिएको हो ।

जग्गा मुआब्जा विवाद रहेको पूर्व-पश्चिम क्षेत्रमा प्याराफिट निर्माण गर्ने योजना छ । उत्तरतर्फको प्याराफिट भने निर्माण सकिएको छ । निर्माण पूरा भए १२ हजार दर्शक क्षमताको मूलपानी मैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अनुकूल हुनेछ । आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia