इटहरी । सुनसरीको इटहरीमा गत मगंलवारबाट सुरु भएको आधारभुत सात दिने पत्रकारिता तालिम समापन भएको छ । पत्रकारितामा युवाहरुलाई अवसर प्रदान गर्दै अझ बढी गुणस्तरियताका साथ पत्रकारिता क्षेत्रको विकास र विस्तार गर्ने लक्ष्य राखि सञ्चालन गरिएको तालिम समापन भएको हो । फरवार्ड मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र पुर्वेली मिडिया नेटवर्क प्रालिको संयुक्त आयोजनामा सञ्चालन भएको तालिमको एक औपचारिक कार्यक्रम गरी समापन गरिएको हो । तालिम समापन कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले आजका प्रशिक्षार्थीहरुलाई भोलीका दिनमा राम्रो पत्रकार भएको हेर्न पाइयोस भन्दै आफुले हासिल गरेका ज्ञानहरुलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याएर इटहरी उपमहानगरपालिका क्षेत्रको गहना वन्ने गरी काम गर्न प्रशिक्षार्थी पत्रकारहरुलाई आग्रह गरिन ।

नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष अमर खड्काले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र लिने काम मात्र नगरे व्यवहारिक रुपमा पत्रकारिता पेशामा आउन आग्रह गरे । उनले अहिले पनि दक्ष जनशक्तीको आवश्यकता पत्रकारिता क्षेत्रमा कामय रहेको समेत वताए । फरवार्ड मिडिया एण्ड रिसर्च सेन्टर प्रालि का निर्देशक विकल रेग्मीको अध्यक्षता सम्पन्न कार्यक्रममा पुर्वेली मिडिया नेटर्वकका निर्देशक सुरेशचन्द्र दहाल, प्रशिक्षार्थी नवल रिजाल लगायतले बोलेका थिए । तालिममा इटहरी तथा आसपासका क्षेत्रका ३३ जनाको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया