बराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा सुनसरीको राजाबासमा लोकसेवा आयोगको तयारी कक्षा सुरु भएको छ। अादीवासी जनजातीका ३० जना युवा यवतीहरुलाइ लक्षित गरि सञ्चालनमा आएको उक्त तयारी कक्षा १५ दिन सम्म सञ्चालन हुने  बराहक्षेत्र नगरपालिकाका सुचना अधिकृत पुकार पोखरेलले जानकारी दिनुभएको हो। सुनसरीको राजाबास स्थित सरस्वती माविमा सञ्चालन हुने कक्षाको आयोजक संस्था नेपाल आदिवासी  जनजाती माहासंघ बराहक्षेत्र नगर तदर्थ समिति, चक्रघट्टी सुनसरी रहेको छ।

तपाईको प्रतिक्रिया