- दिपेन्द्र यादव

जनकपुरधाम। प्रदेश नं. २ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरको गल्ली गल्लीमा मिथिला चित्रकलाले सिता जन्मको दृष्य छापिएको छ ।

जनकपुरको जानकी मन्दिर नजिक रहेको बाह्र बिघा र आस पासमा रहेका घरका पर्खालहरु मिथिला चित्रकलाले सिंगारिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहितको भारतीय टोलीलाई आकर्षित गर्न मिथिला चित्रकला जनकपुरको हरेक गल्लि गल्लिमा छापिएको छ।जनकपुरको बाह्र विघामा राजा दशरथले हलो जोत्न क्रममा जादाँ सिता जमिन मुनिबाट प्रकट भएको भनाइ छ। मिथिलाअञ्चलका पौरानिक साँस्कृति झल्किने चित्रकालाहरुले जनकपुरलाई सजाइएको छ ।

तपाईको प्रतिक्रिया