- प्रमिला वान्तावा राई

पुर्वको उदाउदो शहर इटहरीमा मिस सुनसरी २०१८ हुने भएको छ । पल इन्टरटेनमेन्ट प्रालि र इटहरी लेडि जेसिजको आयोजनामा मिस सुनसरी २०१८ सौन्दर्य प्रतियोगिता हुने विहिवार पत्रकार सम्मेलन मार्फत आयोजक लेडी जेसिसकी अध्यक्ष मिनु न्यौपानेले जानकारी दिएको हो ।

पल इन्टरमेन्टका व्यवस्थापक अमित पलका अनुसार १६ बर्ष देखि २७ बर्ष सम्मका अबिवाहित युवतीहरुले प्रतियोगीतामा सहभागी हुन पाउनेछन् । पाँच फिट भन्दा माथी हुनैपर्ने जानकारी गराईएको छ । बैशाख २७ गते देखि जेठ १० गते सम्म इटहरी, धरान, इनरुवा, र दुहवीमा आवेदन खुल्ने समेत व्यवस्थापक पलले वताउनुभयो ।

प्रतियोगिताको अडिसन जेठ १५ गते हुनेछ भने ओरेन्टेशन क्लास जेठ १७ गते हुने वताइएको छ । यसैगरी जेठ १९ गते देखि प्रशिक्षण हुने र असार १५गते कार्यक्रमको ग्राण्ड फिनाले हुने आयोजकले जनाएको छ । अन्तिम दश प्रतिस्पर्धीबाट प्रतियोगिताको बिजेताले एक थान स्कुटर, १० क्यारेटको चाँदीको क्राउन, अन्तराष्ट्रिय मोडलिङ कन्ट्राक्ट लगायतको पुरस्कार पाउनेछ ।

फष्ट रनर अपले एकलाख नगद पुरस्कार ७ क्यारेटको चाँदीको क्राउन, राष्ट्रिय मोडलिङ कन्ट्रयाक्ट लगायतका पुरस्कार पाउनेछ भने सेकण्ड रनर अपले ५० हजार नगद, पाँच क्यारेट चाँदीको क्राउन, मोडलिङ कन्ट्रयाक्ट आदि पाउने आयोजकले जनाएकोे छ । मनोरञ्जनको क्षेत्रमा कार्यरत पल इन्टरटेनमेन्टले यसअघि बिभिन्न म्युजिक भिडियो गर्नुका साथै मिससटन हेटौँडा, मिस सर्लाही र मिस एण्ड मिसेस जापान एण्ड नेपाल गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia