इटहरी । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले इटहरीमा शनिबार देखी सुरु भएको तेस्रो इटहरी राष्टिय टि २० क्रिकेट प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । शनिबार भएको उद्धघाटन खेलमा आर्मीले सप्तरीलाइ ६ विकेटले पराजित गरेको छ । इटहरी स्थित नेपाल डिभिएम स्कूलको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय १७ रनको योगफल खडा गरेको थियो । जसमा बिकास दासले सर्वाधिक २३ रन बनाउदा मेहबुब आलमले १७ र राहुल बिकले ११ रन बनाए । बलिङतर्फ आर्मीका चन्द्र साउद र साहब आलमले २–२ विकेट लिए ।

जवाफमा १ सय १८ रनको बिजयी लक्ष्य आर्मीले १७ दशमलव १ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो । आर्मीका लागी राहुल बिश्वकर्माले २१ रन बनाउदा अनिल मण्डलले १९ रन बनाए । बलिङतर्फ सप्तरीका विबेक यादवले २ विकेट लिए । शनिबारको खेलको म्यानअफ द म्याच आर्मीका हरिकृष्ण झा घोषित भए । उनले १५ सय नगद र टफी पाए । भोली आइतबारको खेल झापा र सुनसरी बिच प्रतिष्पर्धा हुने आयोजक सेभेनस्टार क्लबका सचिव सीपी पौडेलले जानकारी दिए ।

प्रतियोगितामा २ बिभागिय टिम नेपाल पुलिस तथा आर्मी सहित आठ टिमको सहभागीता रहेको छ । नक आउट प्रणालीमा खेलाईने प्रतियोगिताको बिजेताले ७५ हजार नगद सहित टफी र दोस्रो हुने टीमले ४० हजार नगद सहित टफी पाउने छ । यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याष्टमेनले जनही १० हजार नगद र ट्रफी प्राप्त गर्ने छन् । इटहरी उपमहानगरपालिकाको संयोजन तथा किसान बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा सुरु भएको प्रतियोगिताको उद्धघाटन एक नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरेले उद्धघाटन गरे । प्रतियोगिता जेठ ३ गतेसम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया