- अमर काफ्ले

इनरुवा। छोरी पाएको निहुँमा घरेलु हिंसाको शिकार भई अस्पतालको शरणमा पुगेकी ममता मरिकले थप उपचार पाउने भएकी छिन् । इनरुवा अस्पतालमा नवजात शिशु सहित निशुल्क उपचारमा रहेकी ममतालाई अधिकारकर्मीहरुको पहलमा ओसिएमसी इनरुवाले थप उपचारकालागि काठमाण्डौं पठाउने तयारी गरेको छ ।

आजै उनलाई काठमाण्डौ पठाइने छ । दिउँसोको फ्लाइटमा ममतालाई ललितपुरमा रहेको पोषण तथा स्याहार केन्द्रको जिम्मा लगाउने गरी पठाउन लागिएको इनरुवा अस्पतालमा रहेको ओसिएमसी फोकल पर्सन मिना भण्डारीले जानकारी दिनुभयो । उक्त संस्थाले कुपोषित बच्चा र आमाको उपचार सहित खानपानको निशुल्क व्यवस्था गर्ने छ । साथै महिला अधिकारकर्मीहरुले ममताको पक्षमा कानुनी प्रकृया समेत अघि बढाउने भएका छन् ।

ममतालाई उनको श्रीमान सहित परिवारका सदस्यले छोरी पाएको निहुँमा ज्यान मार्ने धम्की दिँदै सिरहाको गोलबजारमा रहेको घरबाट लखेटेका थिए । बालबिवाह गरिएकी ममता गोलबजारका प्रकाश मरिककी कान्छि श्रीमति हुन् । प्रकाशका जेठी श्रीमति र दुई छोराछोरी हुँदाहुँदै अभिभावकले ममताको बालबिवाह गरिदिएको थियो ।

 

यो पनि पढ्नुहोस्

१३ वर्षिया बालिका आमा ! जसलाई छोरी पाएको निहुँमा घरबाटै लखेटियो

तपाईको प्रतिक्रिया