इनरुवा वडा नं. ५ मा आज विभिन्न जातका बिरुवाहरु बितरण गरिएको छ। इनरुवा ५ नं. वडा कार्यालयको आयोजनामा गरिएको उक्त बिरुवा बितरण कार्यक्रमको उद्घाटन नगर प्रमुख राजन मेहताद्वारा बिरुवा रोपी उद्घाटन गरिएको थियो।

प्रत्येक घर धुरीलाई एक थान साही मोजापुर लिच्ची र एक थान आम्रपाली आँपका बिरुवा बितरण गरिएको वाडा सचिब कृष्ण कुमार नेपालले बताउनु भयो। पर्यावरण संरक्षण तथा हरित नगरि निर्माण गर्नकालागि बिरुवा बितरण कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष अन्जनी कुमार पोखरेलले बताउनु भयो।

तपाईको प्रतिक्रिया