- दिपेन्द्र यादव

इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पिछडा वर्गको उत्थानका लागि सिलाई कटाई सम्बन्धि तालिम सुरु गरिएको छ। यहाँका पिछडा वर्गका किसोरीहरुलाई लक्षित गरेर सिलाइ कटाई तालिम सुरु गरिएको हो।

भोक्राहा नरसिंह गाउँपालिकाको सहयोग र स्मार्ट सिटी सञ्चार केन्द्र भोक्राहा नरसिंह ७ को आयोजनामा कार्यक्रम सुरु गरिएको संस्थाका अध्यक्ष दिपेन्द्र यादवले बताउनुभयो। अध्यक्ष यादवका अनुसार यस क्षेत्रमा बेरोजगार रहेका किसोरीहरुलाई आत्मनिर्भर बनाउनका लागि सिलाई कटाई सम्बन्धि तालिम सुरु गरिएको बताउनुभयो ।

वहाँका अनुसार सिलाई कटाई तालिम ३५ दिने भएपनि किसोरीहरुलाई तालिम अवधि प्रयाप्त नभएको भन्दै अध्यक्ष यादवले कम्तिममा ६० दिने तालिम दिने बताउँनुभयो । सो तालिममा भोक्राहा नरसिंह गाउँपालिकाका ८ वटै वडाका ३-३ जना गरी २४ जना किसोरीहरुको सहभागीता रहेको छ।

तालिमको उद्घाटन भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम देवी मेहताले गर्नुभएको थियो भने सो कार्यक्रमको बिशिष्ट अथितिमा भोक्राहा नरसिंह गाउँपािलका वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र यादव, स्वास्थय चौकी इन्चार्ज रामाशंकर साह, राजाराम पण्डितको सहभागीता रहेको थियो । त्यस्तै अथितीहरुमा पत्रकार सुकदेव चौधरी, बिरेन्द्र यादव लगायतको सहभागीता रहेको थियो । त्यस्तै सो तालिममा संजु कुमारी मेहता, सुष्मा कुमारी यादवले प्रशिक्षण दिईरहेको छ।

तपाईको प्रतिक्रिया