इनरुवा जेठ १ /शनि जयन्तीको अवसरमा इनरुवामा रहेको शनि मन्दिरमा विविध धार्मिक विधानहरु गरिएका छन् । जयन्तीको अवसरमा शनि जयन्ती मूल समारोह समिति इनरुवाले पुजाआजा सहितका धार्मिक विधि विधान अनुसारका कार्यक्रमहरु सम्पन्न गरिएका छन् ।

मन्दिर परिषरमा होमहोमादी सहित मन्दिरमा पुजाअर्चनाका साथै प्राणप्रतिष्ठा सहित स्थापना गरिएको शनिदेवको मुर्तिमा अभिषेक गरिएको सन्तोष चितलाङगीले बताउनुभयो ।शनि जयन्तीको अवसरमा मन्दिर समितिले हरेक वर्ष इनरुवामा विधी विधान अनुसारका धार्मिक कार्यहरुको आयोजना गर्दै आएको छ । खासगरी शनि मन्दिरमा शनिवारको दिन पुजाका लागि पुग्नेहरुको भिड लाग्ने गर्छ । जयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रममा अन्यदिनको तुलनामा दर्शनार्थी सहित पुजाआजा गर्नेहरुको बाक्लो उपस्थिती रहँदै आएको छ ।
शनि क्रोधका देवता भएको र शनि लागे सर्वस्व नाश हुने धार्मिक विश्वास रहेकाले समेत र सुख शान्तिको कामना गर्दै शनिको पुजा आराधना गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया