दाङ । सल्यानस्थित शारदा नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र डाँगी लमही नगरपालिकामा सरुवा भएर आए । त्यसको केही समयपछि शारदाबाटै लेखा अधिकृत पनि लमहीमै सरुवा भए । शारदा नगरपालिकामा कर्मचारी अभाव हुन थाल्यो । तर, शारदामा कर्मचारी कटौती शृंखला यतिमै रोकिएन । लमही नगरपालिकाका कार्यकारी अधिकृत डाँगीले शारदाका अन्य तीन करारका कर्मचारीसमेत आफूकहाँ ल्याए ।

एकजना अमिन, एकजना कम्प्युटर अधिकृत र एक जना चालकलाई शारदाबाटै लमही नगरपालिकामा तानियो ।आफू गएपछि करारका कर्मचारी सबै तानियो’ शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले भने ‘सक्षम कर्मचारीलाई एकैसाथ सरुवा गरिँदा काम गर्न झनै समस्या भयो ।’ आजको नागरिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया