- मिकाइल आलम

इनरुवा । भारतसंग नाका जोडिएको सुनसरीको सीमावर्ती क्षेत्रमा भारतीय चोरको बिगबिगी बढेको स्थानियहरुले बताएका छन् । प्रहरीले गस्ती नगर्दा भारतको विभिन्न स्थानबाट आउने चोरहरुको समूहले रातीको समयमा भैंसी चोरेर लाने गरेको उनीहरूले बताएका छन् ।

बिहीबार मात्र सुनसरीको देवानगन्ज गाउँपालीका वडा नम्बर १ का भुमेशर यादवको घरबाट एउटा र देवानगन्ज वडा २ का लक्ष्मी यादवको २ वटा भैंसी भारतीय चोरहरुको समूहले लगेको स्थानीय शिक्षक एस.एन.मेहताले जानकारी दिए । दिनहुजसो आउने गरेको चोरहरुको समुहले सुनसरीको सीमावर्ती क्षेत्रहरुबाट चौपाया चोरेर लाने गरेका छन् ।

एक हप्ताअघि पनि देवानगन्ज वडा नम्बर १ बाटै स्थानीय प्रदीप मेहताको दुईवटा भैंसी चोरेर लगेका थिए । स्थानीयहरुले दिएको जानकारी अनुसार भारतको घुर्ना,अचरा,बबुवान,जटवारा लगायत स्थानबाट सुनसरीको सीमावर्ती क्षेत्रमा चौपाया चोर्न चोरहरुको समुह आउने गरेको छ । सुनसरीको विभिन्न सीमावर्ती क्षेत्रबाट चोरेर लगेको चौपाया भारतीय चोरहरुले बिचौलिया मार्फत पैसा लिएर छाड्ने गरेको बताइन्छ । यता चोरीको घटना बढेको प्रति प्रहरीलाई पटक पटक जानकारी गराउदा समेत गस्ती नबढाएको गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia