डोल्पा । कक्षा छाडेर विद्यार्थीहरू यार्चा पाटनहरूमा पुगेपछि विद्यालयहरूले घुम्ती अध्यापन थालेका छन् । शिक्षा विकास तथा समन्वय इकाइको संयोजनमा जिल्लाका विभिन्न चारवटा यार्चा पाटनमा घुम्ती विद्यालयहरू खोलिएका हुन् ।

एकमहिने यार्चा संकलनको समयमा साइकुमारी, बाघडाँडा र परपडे पाटनमा माझफालमा लक्ष्मी मावि थरगाउँ र विद्या मन्दिर मावि माझफालले घुम्ती अध्यापन थालेका हुन् । आजको राजधानी दैनिकको पहिलो पृष्ठमा समाचार छ ।

त्यसैगरी, जगदुल्लाको प्वाग पाटनमा मुनामदन प्रावि छाँचु र काइके गाउँपालिकाको ठागे पाटनमा अरनिको मावि सहरताराले घुम्ती विद्यालय सञ्चालन गरेको शिक्षा विकास तथा समन्वय इकाइका सहायक प्रमुख सिंहराज डाँगीले बताए ।

घुम्ती विद्यालय सञ्चालनका लागि एक जना प्रधानाध्यापकको संयोजनमा तीन शिक्षक, एक पाल, प्रतिविद्यार्थी दुई सेट कापी, कलम र खाजा व्यवस्था गरिएको डाँगीले बताए ।  आजको राजधानी दैनिकमा खबर रहेकाे छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia