काठमाडौं,  ५ जेठ ।  अधिकांश ग्यास कम्पनीले असुरक्षित सिलिन्डरमा ग्यास भरेर बजारमा पठाउने गरेका छन् । भल्ब मर्मत गरिएका असुरक्षित सिलिन्डरमा ग्यास भरेर बजार पठाउने गरेको पाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

विभागले यसै आर्थिक वर्षमा गरेको अनुगमनका आधारमा यस्तो तथ्य पत्ता लागेको बताएको हो । अहिले बजार तथा भान्सामा करिब ७० लाख सिलिन्डर भएको विभागको अनुमान छ ।विभागका अनुसार भल्ब मर्मत गरेर सिलिन्डरमा ग्यास भर्नु गैरकानुनी हो । यस्ता सिलिन्डर जोखिमपूर्ण हुन्छ ।

अधिकांश बोटलिङ प्लान्टले सिलिन्डरमा सेफ्टी क्याप पनि प्रयोग नगरेको पाइएको विभागले जनायो ।ग्यास लिक भइहाले आगलागी रोक्न सेफ्टी क्याप चाहिन्छ,’ विभागका सहप्रवक्ता देवेन्द्र केसीले भने ।खाना पकाउने ग्यासमा जोडिने भल्ब प्रायः बिग्रिने हुँदा ग्यास कम्पनीहरूले मर्मतकै लागि कर्मचारी राख्ने गरेको अनुगमनका क्रममा भेटिएको उनले बताए ।

‘यो–त्यो कम्पनी भन्ने छैन । अधिकांश कम्पनीले भल्ब मर्मत गर्ने गरेको पाइयो,’ केसीले भने ।सिलिन्डरको भल्ब बिग्रिए नयाँ भल्ब नै फेर्नुपर्ने हुन्छ । नयाँ भल्ब पनि गुणस्तर परीक्षण गरिएको हुनुपर्छ । बिग्रिएको भल्ब मर्मत गरेर चलाउनु गैरकानुनी हो ।आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia