माेरङ । मोरङको केराबारी गाँउपालिकाले गत शुक्रबारदेखि खदम खोलाबाट ढुंगा गिटी उत्खन्न गर्न रोक लगाउने बित्तिकै ट्रयाक्टर ब्यवसायीहरु आन्दोलित भएका छन । उनीहरु खोला दोहन र चुरे क्षेत्रमा ढुंगा संकलन गर्न पाउनु पर्ने माग राख्दै शनिबारदेखि आन्दोलनमा रहेका छन । उनीहरुले आईतबार बिहान गाउँपालिका कार्यालय नै घेराउ गरेका छन् । केरावारीमा रहेको खदम खोलाबाट ढुंगा गिटी उत्खनन गर्न रोक लगाईए पछि ब्यवसायीहरु कार्यालय घेराउ गर्न पुगेका हुन ।

कृषि प्रयोजनका लागि भन्सार छुट र सहुलियतमा ल्याएका ट्रयाक्टर दुरुपयोग गरी खदम खोला दोहनमा लागेकाहरुले खोला दोहन गर्न पाउनुपर्ने माग राखी गाउँपालिका कार्यालय घेराउ गरेका हुन । शनिबार उनीहरुले गाउँपालिकाकी उपाध्यक्ष शान्ति भुजेलको घर घेराउ गरेका थिए । चुरे संरक्षण र खोला दोहनको विरोधमा उभिदै आएकी भुजेलको निवास घेराउ गरेका थिए । खदम खोलाबाट उत्खनन् रोक्ने पत्र गाउँपालिका अध्यक्ष रोहित कार्कीको नाममा काटिएको थियो । तर, उनीहरुले कार्कीको घर घेराउ भने गरेका छैनन् । अध्यक्ष कार्की आफै क्रसर संचालक समेत रहेका छन ।

गाउँपालिका घेराउ पछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी निशान थापाले जानकारी दिएका छन । उनले हुलहुज्जत गर्न खोजे र भौतिक आक्रमणमा उत्रिए प्रहरी शान्ति सुरक्षा कायम गर्न कठोर बन्न समेत बताएका छन । अध्यक्ष कार्कीलाई दोहन रोक्न चौतर्फी दबाब बढेपछि दोहन रोक्न पत्र काटेका थिए ।

खोलामा अबैध धन्दा

स्थानीय खदम खोलामा संचालित तीनवटै क्रसर उद्योग मापदण्ड विपरीत संचालनमा रहेका छन् । खोलामा महादेव क्रसर, कृष्ण क्रसर र ओम क्रसर मापदण्ड विपरीत संचालनमा रहेका छन् । यी तीन क्रसरका सञ्चालक गाउँपालिकाका अध्यक्ष र दुई वडा अध्यक्ष रहेका छन । उनीहरुले नै टयाक्टर ब्यबसायीहरुलाई उक्साएर यो कार्य गर्न लगाएको स्थानीय बताउँछन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia