इनरुवा ।शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख खगेन्द्र सुवेदी नगद ५० हजार घुस रकम सहित पक्राउ परेका छन् ।
सुवेदीलाई इनरुवा ३ महेन्द्रचौकमा रहेको डेराबाट अख्तियारको टोलिले रङ्गेहात पक्राउ गरेको हो ।

भाण्टाबारीमा रहेको श्री आधारभुत विद्यालयको शौचालय र पर्खाल सहितको योजना पार्दिने भन्दै रकम माग गरेका अधिकारीलाई अख्तियारले घुस रकम सहित पक्राउ गरेको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको टोलीले सुवेदीलाई पक्राउ गरेको हो ।

सुराकी पछि सेटिङमा रकम बुझाउन सुवेदीको डेरा पुगेका व्यक्तिले रकम दिए लगत्तै प्रहरी सहित अख्तियारको टोली सुवेदीको डेरामा पुगेको थियो । अख्तियारको क्षेत्रीय कार्यालय इटहरीका प्रवक्ता रमेश दङ्गालले जिल्ला शिक्षा समन्वय सधिकारी समेत रहनु भएका सुवेदी घुस रकम सहित पक्राउ परेको पुस्टि गर्नु भएको छ । पक्राउ परेका सुवेदी उपर आवश्यक प्रकृया अघि बढाइएको अख्तियार क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ । उता सुवेदीले भने आफुलाई नियोजित रुपमा फसाइएको बताएका छन् भने अख्तियारले भने प्रमाणकाका आधारमा नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया