- मिकाइल आलम

इनरुवा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको लौकहीबाट सशस्त्र प्रहरीले डेढ लाख बराबरको अवैध समान बरामद गरेको छ । बिओपी सशस्त्र प्रहरी लौकहीका इन्चार्ज राजेश श्रेष्ठ नेतृत्वको टोलिले छडके चेकजाँचको क्रममा राजबिराजबाट बिराटनगर गइरहेको यात्रु बसमा लुकाई छिपाई ल्याउदै गरेको अबस्थामा एक लाख ४० हजार बराबरको अवैध समान बरामद गरेको हो ।

भारतीय बजारबाट लुकाई छिपाई ल्याइएका रजनीगन्धा , तुलसी , राजनिवास,महापसन्द ,तुलसी गरी एक लाख ४० हजार बराबरको समान बरामद गरेको बिओपी सशस्त्र प्रहरी लौकहीका इन्चार्ज राजेश श्रेष्ठले जानकारी दिए । बरामद समान सेतुबन्धु भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको श्रेष्ठले बताए । यता सुनसरीको सीमावर्ती क्षेत्रबाट भाण्टावारी बाट समेत सशस्त्र प्रहरीले ३५ हजार बराबरको किराना समान बरामद गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia