शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख खगेन्द्रप्रसाद सुवेदी नगद ५० हजार घुस रकम सहित पक्राउ परेका छन् । सुवेदीलाई इनरुवा ३ महेन्द्रचौकमा रहेको डेराबाट अख्तियारको टोलिले रङ्गेहात पक्राउ गरेको हो ।

भाण्टाबारीमा रहेको श्री आधारभुत विद्यालयको शौचालय र पर्खाल सहितको योजना पार्दिने भन्दै रकम माग गरेका सुवेदीलाई अख्तियारले घुस रकम सहित पक्राउ गरेको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको टोलीले सुवेदीलाई पक्राउ गरेको हो ।

सुराकी पछि सेटिङमा रकम बुझाउन सुवेदीको डेरा पुगेका व्यक्तिले रकम दिए लगत्तै प्रहरी सहित अख्तियारको टोली बुधवार एकाविहानै सुवेदीको डेरामा पुगेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख समेत रहेका सुवेदी घुस रकम सहित पक्राउ परेको पुस्टि गरेका छन् । पक्राउ परेका सुवेदी उपर आवश्यक प्रकृया अघि बढाइएको अख्तियार क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

उता सुवेदीले भने आफुलाई नियोजित रुपमा फसाइएको बताएका छन् । अख्तियारले भने प्रमाणकाका आधारमा सुवेदीलाई नियन्त्रणमा लिइएको जनाएको छ । स्रोतका अनुसार प्रअ मोहितनारायण मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग सुवेदीले निकै दिन अघिदेखी रकमको मोलमोलाई गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia